"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सिंहदरबारमा सर्वदलीय बैठक बस्दै

प्रकाशित मिति :  29 September, 2024 11:58 am


काठमाडौँ – सरकारले सर्वदलीय बैठक बाेलाएकाे छ। अविरल वर्षापछि आएकाे बाढीपहिराेका कारण देखा परेको विपदपछिकाे राहत, उद्दार र धनजनकाे क्षतिका बारेमा छलफल गर्न सरकारले आइतबार दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाएको कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको सचिवालयले जानकारी दिएको छ। 

बैठक सिंहदरबारमा बस्नेछ। यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  पनि अविरल वर्षा, बाढी पहिरोबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्।

आइतबार बिहान १० बजे माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः

काठमाडौँ –   राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका दुई विधेयक