"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुकुम्बासीमाथि गठबन्धन सरकारले घात गरेको ओलीको आरोप

प्रकाशित मिति :  29 March, 2022 1:59 pm


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासीमाथि गठबन्धनले बञ्चरो चलाएको बताएका छन्। पूर्वप्रधानमन्त्री ओलीले मंगलबार तिलोत्तमा नगरपालिका–२ स्थित बनवाटिकामा निर्माण गरिएको १ सय ३४ फिट अग्लो १० तले भ्यूटावरको उद्घाटन गर्दै लालपूर्जा बाड्ने समय भएपछि गठबन्धन सरकारले भूमीहीनमाथि बञ्चरो चलाएको दाबी गरेका हुन्।

‘हामीले काम गर्ने हो, काम गरेर देखाउने हो, काम गरेर श्रेष्ठता गर्नुपर्ने हो। हामी ढाँटेर हिड्दैनौं । हामीले सुकुम्बासी समसया भूमी समस्या समाधान गर्न आयोग बनायौं तर भूमीहीनलाई धनी पूर्जा बाड्ने समय भएपछि गठबन्धन सरकारले बञ्चरो चलायो।’ ओलीले थपे, ‘अब अहिले अघिल्लो सरकार सरकारले फाइल लुकाइदिएको छ। हामी फाइल खोज्दैछु। भेट्टाएपछि हामी बाड्छौं भनेर गर्न सक्छन् है। हाम्रो तरिका त्यो होइन।’

शेरबहादुर देउवा सरकार बने लगत्तै भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो। पूर्वप्रधानमन्त्रीओली नेतृत्वको सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न भन्दै देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा २०७७ वैशाख २ गते आयोग गठन गरेको थियो। सोही विषयलाई संकेत गर्दै ओलीले यस्तो बताएका हुन्।

भ्यु टावर लिफ्टसहितको सुविधा भएको भ्यु टावरभित्र रेष्टुरेन्ट, विश्रामस्थल, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, शौचालय, वातानुकल कार्यालयसहितको सुविधा सम्पन्न रहेको छ । उनले पर्यटकलाई भित्र्याउन लाग्नुपर्ने धारणा राखे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको