"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुकुम्बासीमाथि गठबन्धन सरकारले घात गरेको ओलीको आरोप

प्रकाशित मिति :  29 March, 2022 1:59 pm


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासीमाथि गठबन्धनले बञ्चरो चलाएको बताएका छन्। पूर्वप्रधानमन्त्री ओलीले मंगलबार तिलोत्तमा नगरपालिका–२ स्थित बनवाटिकामा निर्माण गरिएको १ सय ३४ फिट अग्लो १० तले भ्यूटावरको उद्घाटन गर्दै लालपूर्जा बाड्ने समय भएपछि गठबन्धन सरकारले भूमीहीनमाथि बञ्चरो चलाएको दाबी गरेका हुन्।

‘हामीले काम गर्ने हो, काम गरेर देखाउने हो, काम गरेर श्रेष्ठता गर्नुपर्ने हो। हामी ढाँटेर हिड्दैनौं । हामीले सुकुम्बासी समसया भूमी समस्या समाधान गर्न आयोग बनायौं तर भूमीहीनलाई धनी पूर्जा बाड्ने समय भएपछि गठबन्धन सरकारले बञ्चरो चलायो।’ ओलीले थपे, ‘अब अहिले अघिल्लो सरकार सरकारले फाइल लुकाइदिएको छ। हामी फाइल खोज्दैछु। भेट्टाएपछि हामी बाड्छौं भनेर गर्न सक्छन् है। हाम्रो तरिका त्यो होइन।’

शेरबहादुर देउवा सरकार बने लगत्तै भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो। पूर्वप्रधानमन्त्रीओली नेतृत्वको सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न भन्दै देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा २०७७ वैशाख २ गते आयोग गठन गरेको थियो। सोही विषयलाई संकेत गर्दै ओलीले यस्तो बताएका हुन्।

भ्यु टावर लिफ्टसहितको सुविधा भएको भ्यु टावरभित्र रेष्टुरेन्ट, विश्रामस्थल, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, शौचालय, वातानुकल कार्यालयसहितको सुविधा सम्पन्न रहेको छ । उनले पर्यटकलाई भित्र्याउन लाग्नुपर्ने धारणा राखे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने