"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसले स्थानीय अवस्था र आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने 

प्रकाशित मिति :  29 March, 2022 6:11 pm


काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ। कांग्रेस केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचनमा आवश्यकता अनुसार तातमेल गर्न सक्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताए।

स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा पार्टी विजयी हुने बलियो परिस्थिति र आधार बनेको कांग्रेस केन्द्रीय समितिले ठहर गरेको छ। यसलाई अझ सबल र व्यापक बनाउन स्थानीय स्तरमा तालमेल गर्नु पर्ने कांग्रेस केन्द्रीय समितिको निष्कर्ष छ। 

‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरुप गठबन्धनमा रहेका अन्य दलसाग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको