"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसले स्थानीय अवस्था र आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने 

प्रकाशित मिति :  29 March, 2022 6:11 pm


काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ। कांग्रेस केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचनमा आवश्यकता अनुसार तातमेल गर्न सक्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताए।

स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा पार्टी विजयी हुने बलियो परिस्थिति र आधार बनेको कांग्रेस केन्द्रीय समितिले ठहर गरेको छ। यसलाई अझ सबल र व्यापक बनाउन स्थानीय स्तरमा तालमेल गर्नु पर्ने कांग्रेस केन्द्रीय समितिको निष्कर्ष छ। 

‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरुप गठबन्धनमा रहेका अन्य दलसाग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने