"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रमेश खरेल काठमाडौंको मेयरमा उम्मेवारी दिने तयारीमा

प्रकाशित मिति :  30 March, 2022 3:08 pm


काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेवारी दिन छलफल थालेका छन् ।

आफू नेतृत्वको सुशासन पार्टीबाट काठमाडौंका मेयरमा उठ्न उनले छलफल थालेका हुन् ।

अनलाइनखबरसँग कुरा गर्दै खरेलले मेयरमा उम्मेवारी दिनेबारे सल्लाह भइरहेको बताए । ‘काठमाडौंको मेयरमा उठेँ भने काठमाडौंवासीको साथ पनि पाउँछु भन्ने लागेको छ’ उनले भने, ‘तर यसबारे निर्णय गरिसकेको छैन ।’

प्रहरीबाट अवकाश पाएपछि खरेल भ्रष्टाचारविरोधी अभियान चलाइरहेका छन् । प्रहरीमा छँदा पनि उनी आक्रामक शैली र खरो अभिव्यक्तिका कारण पटकपटक चर्चामा आउने गरेका थिए ।

सरकारले सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि उनले २८ चैत २०७४ मा नेपाल प्रहरीबाट राजीनामा दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने