"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रमेश खरेल काठमाडौंको मेयरमा उम्मेवारी दिने तयारीमा

प्रकाशित मिति :  30 March, 2022 3:08 pm


काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेवारी दिन छलफल थालेका छन् ।

आफू नेतृत्वको सुशासन पार्टीबाट काठमाडौंका मेयरमा उठ्न उनले छलफल थालेका हुन् ।

अनलाइनखबरसँग कुरा गर्दै खरेलले मेयरमा उम्मेवारी दिनेबारे सल्लाह भइरहेको बताए । ‘काठमाडौंको मेयरमा उठेँ भने काठमाडौंवासीको साथ पनि पाउँछु भन्ने लागेको छ’ उनले भने, ‘तर यसबारे निर्णय गरिसकेको छैन ।’

प्रहरीबाट अवकाश पाएपछि खरेल भ्रष्टाचारविरोधी अभियान चलाइरहेका छन् । प्रहरीमा छँदा पनि उनी आक्रामक शैली र खरो अभिव्यक्तिका कारण पटकपटक चर्चामा आउने गरेका थिए ।

सरकारले सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि उनले २८ चैत २०७४ मा नेपाल प्रहरीबाट राजीनामा दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको