"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारले १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै

प्रकाशित मिति :  23 October, 2024 11:41 am


काठमाडौँ – सरकारले १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ। सत्ता साझेदार दलहरूको बैठक अहिले केही बेरमा बस्दैछ। बैठकमा सरकार निर्माणका १०० दिनको समीक्षा हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो साढे २ बजे सिंहदरबारबाट आफू नेतृत्वको सरकारको १०० दिने उपलब्धि सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो।

यसअघि प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग उनीहरूले १०० दिनमा गरेका प्रगतिबारे विवरण लिइसकेका छन्। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेपछि ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

३० असारमा प्रधानमन्त्री नियुक्त भएका ओलीले १०० दिन पूरा गरेपछि प्रगति विवरण सार्वजनिक गर्न लागेका हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौं – मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले गरेका मुख्य

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’(जलन) उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।