"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विकास परियोजना क्रमागत रूपमा सम्पन्न गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रकाशित मिति :  3 November, 2024 9:52 pm


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकासलाई केन्द्रमा राखेर प्रारम्भ भएका पूर्वाधार निर्माणका परियोजनालाई क्रमागत रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयर एसियाले आजदेखि ब्याङ्कक–भैरहवा उडान प्रारम्भ गरेको सन्दर्भमा प्रधानमन्त्रीले उक्त आशयको अभिव्यक्ति सामाजिक सञ्जालमा व्यक्त गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा एयर एसियाको विमानलाई पानीको फोहराले स्वागत गरिएको ३७ सेकेण्डको भिडियो साझा गर्दै उनले भने,`भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । थालेका कामहरूलाई क्रमैसँग सम्पन्न गर्नेतर्फ हामीले ध्यान दिइरहेका छौँ ।´

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आगामी शनिबारदेखि उक्त वायुसेवाले हरेक साता सोमबार र बिहीबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौं – मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले गरेका मुख्य

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’(जलन) उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।