"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बुटवल–नारायणगढ सडक विस्तार ढिलाइबारे प्रधानमन्त्रीको चासो

प्रकाशित मिति :  14 November, 2024 11:47 am


काठमाडौं – बुटवल–नारायणगढ सडकखण्ड विस्तारमा भइरहेको ढिलासुस्तीमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राखेका छन् । उनले यस सम्बन्धमा आज सरोकारवाला मन्त्री, कर्मचारी र जिल्लाका जनप्रतिनिधिहरुसँग संयुक्त छलफल गर्दै छन् ।

छलफल बिहान साढे ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुँदैछ । यो सडक विस्तारको जिम्मा चिनियाँ ठेकेदारले लिएको छ । तर काममा ढिलासुस्ती गरेको भन्दै आलोचना हुँदै आएको छ । प्रधानमन्त्री ओली चीन भ्रमणमा जानुअघि सो सडक विस्तारमा भइरहेको ढिलासुस्तीबारे चासो राखेका हुन् ।

प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईंले भने, ‘खास समस्या के हो भनेर प्रधानमन्त्रीज्यूले चासो राख्दै आउनु भएको छ । त्यहीअन्तर्गत रुपन्देही, पश्चिम नवलपरासी, पूर्वी नवलपरासीका प्रतिनिधि सभा सदस्य, पालिकाका प्रमुख र जिल्ला समन्वय समितिका प्रतिनिधिहरुसमेतलाई बोलाएर छलफल गर्न लाग्नुभएको हो ।’

सरकारले यो सडकखण्डको ठेक्काको म्याद २०७९ भदौमा पहिलोपटक, २०८० साउनमा दोस्रोपटक र २०८१ साउनमा तेस्रोपटक म्याद थप गरिएको छ । तेस्रो पटक थपिएको म्यादअनुसार २०८२ साउन ८ सम्म काम सकिसक्नुपर्ने छ तर काम भने आधामात्रै सकिएको छ ।

सडक विस्तारमा ढिलाइ हुँदै आएपछि स्थानीय जनप्रतिनिधिले ठेक्का तोड्न दबाब दिँदै आएका छन् । केही दिनअघि पश्चिम नवलपरासीमा राजनीतिक दलका प्रतिनिधिहरुसहित बसेको सर्वपक्षीय बैठकले सडक विस्तारमा भइरहेको ढिलासुस्तीबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । सोही अनुसार आज प्रधानमन्त्रीसँग छलफल हुन लागेको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्। देउवाका प्रमुख स्वकीय सचिव भानु

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाका निर्वाचन क्षेत्रहरूका लागि आफ्ना उम्मेदवार टुङ्ग्याएको छ । साेमबार चक्रपथको एक होटलमा बसेको संसदीय बोर्डको

काठमाडौं – सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनमा उम्मेदवार चयनमा समावेशी, सन्तुलित र न्यायपूर्ण ढंगले निर्णय