"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अध्यक्ष प्रचण्डले भने – ‘गगन थापाप्रति दया लाग्छ’

प्रकाशित मिति :  30 November, 2024 2:17 pm


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको कुरा झुटो भएको बताएका छन् ।

खुमलटारमा शनिबार आयोजित एक कार्यक्रममा दाहालले कांग्रेस महामन्त्री गगन थापाले केही दिन पहिले गरेको दाबीमा सत्यता नभएको बताएका हुन् । कीर्तिपुर उपनिर्वाचनको चुनावी सभामा कांग्रेसका महामन्त्री गगन थापाले अध्यक्ष दाहालले हप्ताको दुई/तीन पटक कांग्रेससँग प्रधानमन्त्री बन्न आग्रह गरेको दाबी गरेका थिए ।

थापाको सोही दाबीबारे प्रतिक्रिया दिँदै दाहालले सरकार परिवर्तनको कुरा आफूले अघि नबढाएको बताएका हुन् । उनले २०८४ सम्मकै सरकार चलाउन बारम्बार सार्वजनिक मञ्चहरूमार्फत आग्रह गरेको बताएका थिए । उनले महामन्त्री थापालाई आफूले युवा नेताको रुपमा धेरै संवाद र सहकार्य गर्ने गरेको बताउँदै पछिल्ला केही महिना यता धेरै परिवर्तन भएको पाएको बताए । जनतालाई झुटो बोलेको देख्दा महामन्त्री थापाप्रति दया लागेको दाहालको टिप्पणी थियो । कांग्रेस सभापति शेरबहादुर देउवासँग आफ्नो सरकार परिवर्तनको बारेमा प्रत्यक्ष र परोक्ष रुपमा कुरा नभएको दाहालको दाबी थियो । उनले महामन्त्री थापालाई आफ्नो अभिव्यक्तिबारे आत्मसमीक्षा गर्न सुझाव दिएका थिए ।

‘सत्ता परिवर्तनको कुरा अघि बढाएको कुरा बिल्कुल होइन । यो भन्दा सफेद झुट अरु केही हुनै सक्दैन,’ दाहालले भने, ‘गगन थापालाई मैले एउटा युवा नेताको रुपमा उहाँसँग धेरै संवाद, सहकार्य हुने गर्दथ्यो । अहिले केही महिनाभित्रै उहाँमा आएको परिवर्तन र उहाँले यति तल झरेर हुँदै नभएको झुटो कुरो जनतासँग बोलेको देख्दा गगनजीप्रति मलाई साँच्चै दया लागेको छ । कति तल कति छिटो झर्न सकेको हो ? त्यस्तो एउटा राम्रो सम्भावना बोकेको युवा नेता यति छिटो, यति अनैतिक र झुटो कुरा गर्नसक्ने भएको देख्दा उहाँप्रति मलाई साँच्चै दया लागेको छ ।’

थापाले सरकार परिवर्तनलाई लिएर गरेको दाबी शतप्रतिशत झुटो भएको दाहालको भनाइ थियो । ‘मैले भनेको छैन, भन्दा पनि भन्दिनँ । मलाई त सरकारबाट बाहिर आएर जनतामा जाँदा नै हामीलाई सहज भइरहेको छ, सरकार तपाईंहरू २०८४ सम्म नै चलाउनुस् भनेको छु । मेरो शेरबहादुर देउवाजीसँग यो विषयमा कहीँ कतै प्रत्यक्ष, परोक्ष केही कुरा भएकै छैन । यस्तो झुटो कुरामा गगनजी आत्मसमीक्षा गर्नुहोला भन्न चाहन्छु,’ दाहालले भने ।

अध्यक्ष दाहालले झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिइ ज्यान गुमाएका नारायण नगरकोटी र सानुमाया नगरकोटीका दुई छोरी गरिमा र अनु नगरकोटीको कक्षा १२ सम्म अध्ययन गराउने जिम्मा लिएकोमा उद्धव नेपालको प्रसंसा गरे‍का थिए । नेपालले अध्ययन/अध्यापन र शैक्षिक सामग्रीहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने