"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपनिर्वाचनबाट प्राप्त नतिजा गुणात्मक रूपले महत्त्वपूर्ण रहेको कांग्रेसको समिक्षा

प्रकाशित मिति :  १८ मंसिर २०८१, मंगलवार १३:२४


काठमाडौँ- मंसिर १६ गते भएको उपनिर्वाचनको मतपरिणाम पनि सार्वजनिक भइसकेको छ। यसपटकको उपनिर्वाचनमा अधिकांश ठाउँमा दलहरू एक्लाएक्लै मैदानमा भिडे। सत्तारुढ दल नेपाली कांग्रेसले निर्वाचनलगत्तै यसको समीक्षा गरेको छ।

कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई उपनिर्वाचनको केन्द्रीय संयोजक बनाएको थियो। उनै शर्माले उपनिर्वाचनबारे प्रारम्भिक समीक्षा गर्दै कांग्रेसलाई पहिलो दलको रुपमा विजयी बनाएको भन्दै मतदातालाई धन्यवाद दिएका छन्। त्यस्तै उनले मतदाताले लोकतान्त्रिक प्रणालीलाई समर्थन र ऐक्यवद्धता जनाएको बताएका छन्।

‘उपनिर्वाचनमा मतदाताको व्यापक सहभागिताले लोकतान्त्रिक प्रणालीप्रति नागरिकको समर्थन र एक्यवद्धता फेरि एकपटक बलियो रूपमा प्रदर्शित भएको छ,’ शर्माले भनेका छन्, ‘मुलतः मुख्य दलहरूप्रति मतदाताले प्रकट गरेको समर्थनलाई विद्यमान प्रणाली मार्फत प्रगतिको दिशामा प्राप्त एक्यवद्धताका रूपमा लिएर तिनै तहका सरकारले काममा गति बढाउँदै नागरिक विश्वास अझ बलियो बनाउन जरुरी छ ।’

शर्माले रिक्त ४४ पदमा उपनिर्वाचनबाट कांग्रेसले १९ स्थानमा उठाएका उम्मेदवार निर्वाचित भएको बताउँदै एक्लै चुनाव लड्दा राजनैतिक, सांगठानिक र गुणात्मक भएको बताएका छन्।

त्यस्तै उनले २०७९ को निर्वाचनमा विजय भएको केही स्थान गुमाए पनि अहिले केही नयाँ ठाउँमा विजयी भएको बताउँदै उपनिर्वाचन सन्तोषजनक भएको बताए। ‘लोकतन्त्रमा शतप्रतिशत स्थानमा जितको अपेक्षा लोकतान्त्रिक सोच हुन्न, तर जित र हार व्यहोरेका सबै स्थानको कारण र प्रवृत्तिको वस्तुगत समीक्षा आगामी चुनावी रणनीति निर्माणका लागि महत्वपूर्ण रहने हाम्रो निष्कर्ष छ । हामी यो गर्नेछौं’ उनले भने।

उनले उपनिर्वाचनमा आवेग र उत्तेजनाको राजनीति पनि मैदानमा देखिएको र त्यस्ता भ्रममा रहेकाहरू पराजित भएको पनि बताएका छन्। शर्माले चुनावी दौड सकिएको र सबै तितामिठा भुलेर काममा जुट्न नेता कार्यकर्तालाई आग्रह गरेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सोमबार काठमाडौँमा बयान सकिएको छ। बयान सकिएपछि अब

काठमाडौँ – राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका अति विशिष्ट र विशिष्ट व्यक्ति विदेश भ्रमण जाँदा र फर्किंदा विमानस्थलमा राज्यका उच्च पदस्थ अधिकारीको

काठमाडौं – रिक्त ४१ स्थानमा शनिबार भएको उपनिर्वाचनमा करिब ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको । आयोगले आइतबार साँझ

काठमाडौं – स्थनीय तहका विभिन्न ४१ पदका लागि जारी मतदान शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगकी प्रवक्ता निता