"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

देशले बौद्धिक पलायनको गम्भीर समस्या भोग्नु परिरहेको छ : भट्टराई

प्रकाशित मिति :  5 December, 2024 9:07 pm


काठमाडौँ – नेपालले विषयविज्ञ र प्राविधिकहरूको सही सदुपयोग गर्न नसक्दा बौद्धिक पलायतको गम्भीर समस्या भोग्नु परेको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन् ।

‘आर्कविल्ड एक्स्पो २०२४’को काठमाडौंमा बिहीबार भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले बौद्धिक पलायतको समस्या समाधानको पहल लिनुपर्ने बताए ।

‘दुःखका साथ भन्नुपर्छ हाम्रा जस्तो अल्पविकसित देशले देशमा रहेका विषयविज्ञ, प्राविधिकहरूको सही सदुपयोग गर्न नसक्दा हामो जस्तो गरिब देशले ब्रेन ड्रेन अर्थात बौद्धिक पलायनको गम्भीर समस्याहरू भोग्नु परिरहेको अवस्था छ,’ उनले भने ।

नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्षसमेत रहेका भट्टराईले नेपालजस्तो विकासशील र विकासोन्मुख देशमा विकास निर्माण सँगसँगै हुने पर्यावरणीय समस्याहरूको समाधान गर्न प्रविधि र विषय विज्ञहरूको अधिकतम प्रयोग गर्नुपर्ने बताए ।

‘आर्किटेक्ट’ले मानवजातीको विकास र भौतिक प्रगति मात्र नभई कला, संस्कृति र सम्पदाको समेत प्रतिनिधित्व गर्ने उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद