"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बिमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति :  9 December, 2024 9:30 pm


काठमाडौँ – नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार अध्यक्ष सिलवालउपर नपाएको ओहदा पाएँ भन्ने एवं झुट्टा विवरण दिई भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार अध्यक्ष सिलवालले नागरिकतामा पटक-पटक जन्ममिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको भेटिएको छ । प्राधिकरणको अध्यक्षको हैसियतमा सिलवालले २०८० साल साउन १६ गते अवकाश पाउनुपर्नेमा ६६ वर्ष पुग्दा पनि पछिल्लो ९ महिनादेखि राष्ट्रसेवक पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरिरहेको अख्तियारले जनाएको छ ।

सिलवालको जिल्ला प्रशासन कार्यालय, पर्साबाट जारी मिति २०३२।११।२४ गतेको नेपाली नागरिकता प्रमाण पत्र प्राप्त गर्दा उमेर १६ वर्ष उल्लेख भएको, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रतिलिपि प्राप्त गर्दा मिति २०६६।०१।१७ गते जारी नागरिकतामा जन्म मिति २०१६।०७।२२ उल्लेख भएको, त्रिभुवन विश्वविद्यालयवाट जारी डिप्लोमा तहको ट्रान्सक्रिप्टमा जन्म मिति २०१५।०४।१५ उल्लेख भएको, स्वंयले भरेको नोकरी तथा वैयक्तिक विवरण(सिटरोल) मा समेत ट्रान्सक्रिप्टको नै जन्म मिति २०१५।०४।१५ उल्लेख गरी विवरण भरी निजामती सेवामा मिति २०४३।०४।०१ गते रा.प. तृतीय श्रेणीको पदमा नियुक्ति लिएको, सोही जन्म मितिको आधारमा निजामती किताबखानाबाट निवृत्तिभरण अधिकार पत्र प्राप्त गरी, मिति २०७३।०४।१५ गते अनिवार्य अवकाश प्राप्त गरेको देखिएको अख्तियारले जनाएको छ । सिलवाल आफैंले २०१५।०४।१५ लाई नै जन्म मिति कायम/स्वीकार गरे/गराएको पनि प्रवक्ता घिमिरेले जनाएका छन् ।

सिलवालले कूटनीतिक राहदानी, विशेष राहदानी लिने बेला राहदानी आवेदन फारममा उमेरको झुटो विवरण दिएको समेत खुलेको छ । प्रवक्ता घिमिरेका अनुसार राहदानी लिने क्रममा उनले जन्म मिति २०१८।०७।२४ कायम गरेको देखिएको छ । उनले आफ्नो वास्तविक जन्ममितिभन्दा करिब ३ वर्ष उमेर घटाएर उक्त राष्ट्रसेवकको हैसियतले प्राप्त हुने कूटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गर्न झुट्टा विवरण पेस गरेका थिए । सिलवालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ र दफा १६ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्यमा सोही ऐनको दफा १५ र दफा १६ को उपदफा (१) बमोजिम कारबाही हुने अख्तियारले जनाएको छ ।

सिलवालले २०८०।०४।१५ गते देखि हाल सम्म लिएको लाभ सुविधा रकम ३६ लाख ६२ हजार १ सय ५४ रुपैयाँ १६ पैसा असुलउपर हुन मागदाबीसहित सोमबार अख्तियारले विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको