"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विश्वविद्यालय सेवा आयोग गठन गर्न लोकसेवा आयोगको सुझाव

प्रकाशित मिति :  11 December, 2024 10:51 pm


काठमाडौँ – नेपालमा स्थापित विश्वविद्यालयहरूमा कर्मचारी भर्ना, छनोट र सिफारिसका लागि ‘विश्वविद्यालय सेवा आयोग’ गठन गर्न लोकसेवा आयोगले सुझाव दिएको छ ।

सबै विश्वविद्यालयमा भर्ना हुने विभिन्न तहका कर्मचारी भर्नाका लागि एउटा छुट्टै आयोगको आवश्यकता महसुस भएको लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सुझाव दिएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा लोकसेवा आयोगका अध्यक्षले नेपालका विश्वविद्यालयमा कर्मचारी भर्ना गर्नका लागि आयोग आवश्यकता रहेको सुझाएका हुन् । राज्यव्यवस्था समितिले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ मा दफावार छलफल गर्नुअघि लोकसेवा आयोगका पदाधिकारीसँग छलफल गरेको हो ।

छलफलका क्रममा अध्यक्ष रेग्मीले सुझाए, ‘विश्वविद्यालयहरू विशिष्ट प्रकृतिका प्राज्ञिक संस्था भएको कारणले संविधानको मर्म र भावना अनुरूप मुलुकका सबै विश्वविद्यालयहरूको पदपूर्तिको एकल जिम्मेवारीसहित एक विश्वविद्यालय सेवा आयोग गठन गर्ने र सो आयोगले सबै विश्वविद्यालयहरूको भर्ना, छनोट र सिफारिसको कार्य गर्ने व्यव्यवस्था गर्न पनि उपयुक्त देखिन्छ ।’

विश्वविद्यालयहरूमा विभिन्न कारणले पदपूर्ति लामो समयसम्म हुन नसकेकाले पनि त्यस्तो आयोगको आवश्यकता परेको रेग्मीको भनाइ छ । शिक्षक सेवा आयोग गठन गरिएजस्तै विश्वविद्यालय सेवा आयोग गठन गर्नुपर्ने उनले बताए ।

संविधानमा विश्वविद्यालय र शिक्षक सेवालाई लोकसेवाको कार्यक्षेत्रभित्र समावेश नगरिएको तर लोकसेवा आयोगका सदस्यले ती निकायका सेवा आयोगहरूमा पनि प्रतिनिधित्व गरिरहेको रेग्मीले बताए । संविधानमा व्यवस्था नहुँदा पनि सम्बन्धित विश्वविद्यालयका ऐनहरूमा भने लोकसेवा आयोगका सदस्यको प्रतिनिधित्व हुने व्यवस्था रहेको अध्यक्ष रेग्मीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका