"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विश्वविद्यालय सेवा आयोग गठन गर्न लोकसेवा आयोगको सुझाव

प्रकाशित मिति :  11 December, 2024 10:51 pm


काठमाडौँ – नेपालमा स्थापित विश्वविद्यालयहरूमा कर्मचारी भर्ना, छनोट र सिफारिसका लागि ‘विश्वविद्यालय सेवा आयोग’ गठन गर्न लोकसेवा आयोगले सुझाव दिएको छ ।

सबै विश्वविद्यालयमा भर्ना हुने विभिन्न तहका कर्मचारी भर्नाका लागि एउटा छुट्टै आयोगको आवश्यकता महसुस भएको लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सुझाव दिएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा लोकसेवा आयोगका अध्यक्षले नेपालका विश्वविद्यालयमा कर्मचारी भर्ना गर्नका लागि आयोग आवश्यकता रहेको सुझाएका हुन् । राज्यव्यवस्था समितिले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ मा दफावार छलफल गर्नुअघि लोकसेवा आयोगका पदाधिकारीसँग छलफल गरेको हो ।

छलफलका क्रममा अध्यक्ष रेग्मीले सुझाए, ‘विश्वविद्यालयहरू विशिष्ट प्रकृतिका प्राज्ञिक संस्था भएको कारणले संविधानको मर्म र भावना अनुरूप मुलुकका सबै विश्वविद्यालयहरूको पदपूर्तिको एकल जिम्मेवारीसहित एक विश्वविद्यालय सेवा आयोग गठन गर्ने र सो आयोगले सबै विश्वविद्यालयहरूको भर्ना, छनोट र सिफारिसको कार्य गर्ने व्यव्यवस्था गर्न पनि उपयुक्त देखिन्छ ।’

विश्वविद्यालयहरूमा विभिन्न कारणले पदपूर्ति लामो समयसम्म हुन नसकेकाले पनि त्यस्तो आयोगको आवश्यकता परेको रेग्मीको भनाइ छ । शिक्षक सेवा आयोग गठन गरिएजस्तै विश्वविद्यालय सेवा आयोग गठन गर्नुपर्ने उनले बताए ।

संविधानमा विश्वविद्यालय र शिक्षक सेवालाई लोकसेवाको कार्यक्षेत्रभित्र समावेश नगरिएको तर लोकसेवा आयोगका सदस्यले ती निकायका सेवा आयोगहरूमा पनि प्रतिनिधित्व गरिरहेको रेग्मीले बताए । संविधानमा व्यवस्था नहुँदा पनि सम्बन्धित विश्वविद्यालयका ऐनहरूमा भने लोकसेवा आयोगका सदस्यको प्रतिनिधित्व हुने व्यवस्था रहेको अध्यक्ष रेग्मीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको