"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सत्ता भीडले होइन, कानुनले चल्छ : गृहमन्त्री लेखक

प्रकाशित मिति :  17 December, 2024 6:49 pm


बुटवल – गृहमन्त्री रमेश लेखकले शासनसत्ता भीडले नभई कानुनले चल्ने बताएका छन् । त्यस्तो भीड नियन्त्रण गर्ने दायित्व सुरक्षा निकायकै भएको पनि उनले बताएका छन् । पछिल्लो समय साइबर अपराध बढेको, भीडले सत्ता चलाउने प्रयास हुन थालेको बताउँदै गृहमन्त्री लेखकले त्यस्ता गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिए । 

‍‘सत्ता चलाउने कानुनले हो, भीडले होइन,’ गृहमन्त्री लेखकले भने, ‘पछिल्ला दिनहरूमा प्रहरी कार्यालय, सरकारी वकिल कार्यालय, अदालत लगायतका स्थानहरूमा भीडले प्रभावित गर्ने प्रयास भइरहेको छ, त्यो नियन्त्रण हुनैपर्छ ।’ समाजमा अराजकता फैलाउने गतिविधि कुनै हालतमा स्वीकार्य नहुने पनि गृहमन्त्री लेखकको भनाइ थियो । ‘समाजलाई दुषित गराउने तत्वको संरक्षण कुनै पनि अवस्थमा स्वीकार्य हुँदैन,’ उनले भने ।

संविधानको सुरक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्ने बताउँदै गृहमन्त्री लेखकले त्यस्ता कार्यका लागि प्रदेश स्तरीय सुरक्षा गोष्ठी महत्त्वपूर्ण रहेको बताए । शान्ति सुरक्षा खलबलिने बित्तिकै मौलिक हकहरू गुम्ने भएकाले लोकतन्त्रको पूर्वसर्त नै शान्तिसुरक्षा रहेको उनले बताए । सीमा क्षेत्रको तस्करी र राजश्व चुहावट रोक्न पनि सुरक्षा निकायलाई निर्देशन दिएका छन् । गृह मन्त्रालय र आन्तरिक मामिला मन्त्रालय लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा मंगलबारदेखि भैरहवामा सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सिमानामा भइरहेका अपराध, तस्करी, राजस्व चुहावट रोक्न निर्देशन गरेका हुन् ।

अहिले पनि सीमा क्षेत्रमा राजश्व चुहावट र तस्करी बढेको सुचना मन्त्रालयसम्मै आइरहेको गृहमन्त्री लेखकको भनाइ थियो । ‘सीमापार अपराध भइरहेको छ, तस्करी मौलाएको र राजस्व चुहावट भइरहेको सूचना आइरहेका छन्,’ उनले भने, ‘आजको यो सुरक्षा गोष्ठी सकिएपछि यस्तो गुनासो सुन्न नपरोस् ।’

गोष्ठीमा लुम्बिनी प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवाल, गृहसचिव गोकर्णमणी दुवाडी, नेपाल प्रहरीका प्रहरी प्रमुख वसन्त कुँवर, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापासहित लुम्बिनी प्रलेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरूको उपस्थिति रहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने