"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि बढ्न मन्त्री पाण्डेको आग्रह

प्रकाशित मिति :  18 December, 2024 8:29 pm


काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्नेमा जोड दिएका छन्। बुधबार नेपाल हस्तकला महासंघ नेपालले पहिलोपटक राजधानीमा आयोजना गरेको नेपाल–चाइना सांस्कृतिक शिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्।

मन्त्री पाण्डेले भने,पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुको विकल्प छैन। निजी क्षेत्र अघिअघि सरकार पछिपछि भएपछि मात्रै पर्यटन क्षेत्रको विकास सम्पन्न हुने हो।’ उनले चिनियाँहरुले संस्कृतिभित्र पनि अमूर्त पक्षलाई ‘स्टोरी टेलिङ’ को माध्यमबाट पर्यटन क्षेत्रको प्रचार पसार गरिरहेकोप्रति खुसी व्यक्त गरे। मन्त्री पाण्डेले भौतिक संस्कृतिले मात्रै धेरै कुरा नबोल्ने भएकाले मूर्त र अमूर्त संस्कृतिलाई जोड्न ‘स्टोरी टेलिङ’को महत्व हुने बताए।

उनले प्रकृतिमाथिको खतराबाट जोगिन पर्यावरणमैत्री पर्यटनमा जोड दिए। मन्त्री पाण्डेले पछिल्लो समय आइटी क्षेत्रको विकासले शिखर चुमेको उल्लेख गर्दै डिजिटल टुरिजम विकासतर्फ समेत ध्यान दिएर अघि बढ्नु पर्नेमा जोड दिए। उनले नेपाल र चीनबीच प्राचिन समयदेखि नै चित्रकला, काष्ठकला लगायतका विषय समेत जोडिएको स्मरण गर्दै नेपाल चाइना शिखर सम्मेलनले दुई देशबीचको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गरे।

उनले स्थलमार्ग र हवाईमार्ग मार्फत नेपाल प्रवेश गर्ने पर्यटकहरुको सहजताका लागि सरकारको तर्फबाट कुनै पनि कसुर बाँकी नराख्ने बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद