"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारको कुनै फेरबदल अहिले हुँदैन : महामन्त्री थापा

प्रकाशित मिति :  20 December, 2024 5:20 pm


काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले तत्काल सरकार फेरबदल नहुने दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा कैलाश कोइरालाद्वारा लिखित उपन्यास शास्त्रको विमोचन कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

‘मन्त्रिमण्डलको फेरबदलको कुरा चलिरहेको छ, गृहमन्त्रीमा अब गगन थापा जाँदैछन् भन्ने पनि छ नि ?’ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा थापाले भने, ‘सरकारको कुनै फेरबदल अहिले हुँदैन ।’

साथै, उनले वर्तमान सरकार राम्रोसँग चलेको भएपनि जनताले लिएको आशा अनुुसार डेलिभरी भने हुन नसकेको थापाले बताए । ‘सरकार राम्रोसँग चलिरहेको छ । सरकारका कमीकमजोरीका बारेमा प्रधानमन्त्री पक्कैपनि सचेत हुनुहुन्छ । सरकार बनिसकेपछि जुन आशा अनुरुप डेलिभरी हुनुपर्ने हो त्यो भइरहेको छैन,’ उनले भने ।

सरकारको डेलिभरीबारे प्रधानमन्त्री केपी शर्मा ओली आफैं सचेत हुनुपर्ने उनको भनाइ थियो । ‘तर, सरकारले गर्नुपर्ने डेलिभरी जसरी गर्नुपर्ने हो त्यसरी भइरहेको छैन भन्ने विषयमा प्रधानमन्त्री आफैं सचेत रहनुपर्छ । र उहाँ हुनुहुन्छ,’ थापाले भने, ‘जसरी सरकार कुद्नुपर्ने हो त्यसरी भइरहेको छ । सबैभन्दा पहिला त मलाई महसुश भएको छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद