"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लोकतन्त्रमा सुशासन, पारदर्शिता र जवाफदेहिता आवश्यक : शेखर कोइराला

प्रकाशित मिति :  2 April, 2022 10:25 pm


काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले लोकतन्त्रमा सुशासन, पारदर्शिता र जवाफदेहिता आवश्यक हुने बताएका छन्।

प्रजातान्त्रिक विचार समाज कास्कीको नवौं अधिवेशन तथा आवधिक निर्वाचन, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक विकास विषयक गोष्ठीमा उनले सुशासन, पारदर्शिता र जावफदेहिता लोकतन्त्रका आधारभूत सर्त भएको बताए।

आवधिक निर्वाचन, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक विकास एक अर्कासँग अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै उनले समृद्धिका लागि आर्थिक सुशासनसँगै उत्पादन बढाउनेतर्फ लक्षित हुनुपर्नेमा जोड दिए।

देशको क्रय शक्तिले धान्ने अवस्था नरहेको उल्लेख गर्दै उनले १८ खर्ब रुपैयाँको व्यापार घाटा गम्भीर विषय भएको बताए।

सरकार सञ्चालन र निर्वाचनको तालमेल फरक विषय भएको बताउँदै उनले तालमेलसँग जोडिएका धेरै विषय र त्यसले आगामी दिनमा पार्टी संगठनमा पार्ने प्रभावलगायत विषयमा गम्भीर समीक्षा गरेर बढ्नुपर्ने आवश्यकता औंल्याए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले जनताका मुद्दालाई सम्बोधन गर्ने गरी कांग्रेस लाग्नुपर्ने जनाउँदै प्रजातान्त्रिक विचार समाजले पार्टीले लिनुपर्ने नीति, विचार लगायतमा बहस र छलफल गराउनुपर्ने बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको