"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

देशभक्तिपूर्ण ‘उदारवादी विचारधारा’ राजनीतिक शक्ति निर्माण गर्ने रावलको घोषणा

प्रकाशित मिति :  १७ पुष २०८१, बुधबार २०:२६


काठमाडौँ – एमालेले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै निष्कासन गरेको पूर्वउपाध्यक्ष भीम रावलले ‘देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण’ गर्ने घोषणा गरेका छन् ।

कम्युनिस्ट, गरैकम्युनिस्ट विचार अटाउने ‘उदारवादी विचारधारा’ भएको पार्टी गठन गर्ने गृहकार्यमा लागेका रावलले बुधबार राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धिको पक्षमा उभिने राजनीतिक शक्ति बनाउने जनाएका छन् ।

‘सम्पूर्ण देशभक्तहरुलाई एकजुट भएर अघि बढ्न आग्रह गर्दछु । आजको अभियान, भोलिको देशभक्तिपूर्ण संगठन निर्माणको आधार हुनेछ । देश र जनतासँग परामर्श गरेर अघि जाने कुरा हो,’ उनले भने, ‘देश र जनतासँग सम्बन्धित समय विचार, कार्यक्रम, नीति तय गर्दै देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ । यसैतर्फ हाम्रो पाइला र प्रयासहरु अगाडि बढ्ने छन् ।’

उनले देशको हितको पक्षमा काम गर्ने अभियान चलाउने जानकारी दिए । ‘देशको जनशक्ति र प्राकृतिक स्रोत सर्वप्रथम देशको सर्वोपरी हितमा परिचालित र उपयोग हुनुपर्ने कुरालाई नीति र निर्णयमा स्थापित गर्नुपर्छ,’ उनले भनेका छन्, ‘राजनीति, राजनीतिक दल, सिद्धान्त सबै देशको सर्वोपरी हित पूरा गर्न माध्यम र साधनमात्र हुन्, देश सबैभन्दा माथि हुन्छ भन्ने धारणालाई बलियो गरी अवलम्बन गर्नुपर्छ । राजनीतिक दल र राज्यका सबै अवयव र संयन्त्रहरु राष्ट्रिय हित, जनताको समृद्धि र कल्याणमा केन्द्रित र सञ्चालित हुनुपर्छ ।’ उनले विधि, पद्धति, प्रणाली र सुशासनको बाटोमा निस्वार्थ रुपमा दृढताका साथ हिँड्ने प्रतिबद्धता गरेका छन् ।

उनले प्रमुख दलहरु पद र सत्ताकाे स्वार्थमा लागेकाे आराेपसमेत लगाए । ‘देश र जनताको सर्वोपरी हितमा हुनुपर्ने राजनीति तया सरकार पदको भागबन्ड र निहित स्वार्थको साधनमा झारिएको छ,’ उनले भने, ‘राजनीतिक परिवर्तनपछि जनताको जे अपेक्षा र आकांक्षा थियो त्यस दिशामा राजनीति, राज्य र दलहरु अग्रसर छैनन् । घोषित सिद्धान्त, नीति र लक्ष्यका साथै नेपालको संविधानको मार्ग निर्देशनलाई समेत अवमूल्यन गरी केपी ओली गुटले नेकपा (एमाले) लाई दिशाहीन बनाउनुका साथै राष्ट्रिय राजनीति नै सिद्धान्तहीन र गन्तव्यहीन बाटोमा धकेलिएको छ ।’

उनले देशभक्तिपूर्ण भावना र चेतले मुक्त जनमत र सरकारको आवश्यकता भएकाे बताए । ‘देश बलियो भयो भने जनता बलिया, नयाँ हुन्छन् जनता समृद्ध भए देश बलियो हुन्छ भन्ने मान्यतालाई बलियो गरी समात्नु आवश्यक छ,’ उनले थपे, ‘यसको लागि राष्ट्रव्यापी अभियान चलाउनु पर्छ । भ्रष्टाचार, कुशासन, स्वेच्छाचारी क्रियाकलापका विरुद्ध जनतालाई सजग र क्रियाशील बनाउनु पर्छ । राजनीति, दल, विचार र संगठन देश र जनताको सेवा एवं हितको लागि हो भन्ने मान्यतालाई स्थापित गर्नुपर्छ ।’

उनले मातृभूमि जागरण अभियान सञ्चालन गरी देश र जनताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्ने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकार संसद्‌ छलेर अध्यादेश ल्याउने बाटोमा लागेको आरोप लगाएको छ। शुक्रबार पार्टी कार्यालय

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटघाट भएको छ। प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ गराएका छन् । बुधबार राष्ट्रपति भवन शीतल

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा बन्द, हड्ताल, तालाबन्दी र गुण्डागर्दी स्वीकार्य नभएको बताएकी छन्। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक