"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकार संसद् छलेर अध्यादेश ल्याउने बाटोमा लागेको माओवादीको आरोप

प्रकाशित मिति :  3 January, 2025 9:39 pm


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकार संसद्‌ छलेर अध्यादेश ल्याउने बाटोमा लागेको आरोप लगाएको छ। शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले हिउँदे अधिवेशन बोलाउन छोडेर अध्यादेश ल्याएर दल विभाजन गर्ने खेलमा सरकार लागेको आरोप लगाएका हुन्। प्रवक्ता सापकोटाले सरकारको नियत ठीक नभएको पनि बताए।

‘संसद्‌ अधिवेशन बोलाउन धेरै नै ढिला भएको छ। म सभामुख हुँदा समयमै अधिवेशन बोलाउने गरेको थिएँ। अहिले १९ पुस भइसक्यो सर्वथा बेठीक कुरा भइराखेको छ। सरकारको नियत राम्रो देखिएको छैन,’ उनले भने, ‘सदन छलेर अध्यादेश ल्याउने बाटोमा सरकार गइरहेको छ।’

सापकोटाका अनुसार, बैठकमा ३० जना स्थायी समिति सदस्यहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौखिक रूपमा राखेको राजनीतिक प्रतिवेदनमाथि धारणा राखेका छन्। उनीहरूले समसामायिक परिस्थिति, पार्टी रुपान्तरण, संविधान संशोधनलगायतका विषयमा धारणा राखेको सापकोटाले बताए। उनका अनुसार स्थायी समिति बैठक शनिबार पनि बस्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद