"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनको आरोपमा रवि लामिछानेसहित ३९ विरुद्ध काठमाडौंमा मुद्दा दर्ता

प्रकाशित मिति :  5 January, 2025 9:05 pm


काठमाडौँ – स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा रवि लामिछानेसहित ३९ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।

प्रहरीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा आइतबार मुद्दा दर्ता गरेको हो । सुर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोपमा लामिछानेविरुद्ध पोखरामा थुनछेक बहस चलिरहेको बेला काठमाडौंमा पनि अर्को मुद्दा दर्ता भएको हो ।

गोर्खा मिडिया प्रा.लि.का तत्कालीन सञ्चालक समिति सदस्य लामिछानेसहित तत्कालीन उपाध्यक्ष छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सह–सचिव कविता तामाङ, सदस्य हमेन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामाविरुद्ध मुद्दा दर्ता भएको छ । यो सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा उनीहरुलाई लागेको छ ।

यसैगरी, पूर्वकोषाध्यक्ष सविना आलेमगर, सदस्य भक्तबहादुर भोलन, सविता लामा, पूर्वसचिव प्रदीप लामा, लेखा संयोजक गणेशराज श्रेष्ठ, पूर्वलेखा समिति सदस्य सुनिता नेवा, पूर्वसदस्य शान्तिकुमारी सुवेदी, कर्जा उपसमिति सदस्य रोमन काफ्ले, कमल लामा, व्यवस्थापक नविन अछामी, पूर्वअध्यक्ष कल्पना कुमारी श्रेष्ठ, पूर्वसञ्चालक समिति सदस्य राजु बराललगायत ३९ जनाविरुद्ध पनि मुद्दा दर्ता भएको सरकारी वकिलले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन