"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रवि र छविसहित सातै जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश

प्रकाशित मिति :  9 January, 2025 9:47 pm


पोखरा – सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका सातै जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत कास्कीले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सातै जनासँग धरौटी माग गर्ने आदेश दिएको हो।

अब अदालतले माग गरेको धरौटी बुझाएमा रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीबाहेक रिहा हुनेछन्। उनीहरूलाई भने अन्य चार जिल्लामा पनि सहकारी ठगीकै मुद्दा रहेकाले तत्तकाल रिहा गरिनेछैन।

रवि लामिछानेसँग अदालतले ६५ लाख धरौटी माग गरेको छ। उनलाई भन्दा बढी पूर्वडीआईजी छविलाल बन्जाडे जोशीलाई ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ। लिला पछाईलाई ३७ लाख, पूर्वप्रहरी रामबहादुर खनाललाई १५ लाख, पूर्वसांसद मीना गुरुङलाई ५ लाख, मीनाका बुबा कृष्णबहादुर गुरुङलाई एक लाख र आरती गुरुङलाई ५ लाख धरौटी माग गरिएको छ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा पुस ८ गतेदेखि थुनछेकको प्रक्रिया अगाडी बढेको हो। छविलाई प्रहरीले असोज ६ गते पक्राउ गरेको थियो। लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए। उनीहरू दुवै जनालाई काठमाडौँबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्की लगिएको थियो।

छविलाई पक्राउ गरेपछि कास्की प्रहरीले अन्य प्रतिवादीहरूलाई पनि पक्राउ गरेको हो। तर प्रतिवादी बनाइएका मध्ये अधिकांश फरार छन्। सातै जना प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराइएको छ। उनीहरूको पुस १६ गतेदेखि थुनछेक बहस सुरु भएको थियो। पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा पनि मुद्दा चलाइएको छ। लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि मुद्दा चलाइएको छ। लामिछानेसहितका केहीलाई काठमाडौँमा पनि मुद्दा दायर भएको छ। कास्कीबाट रिहा भए पनि उनीहरूलाई पक्राउ गरी अन्यत्र लगिनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन