"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकार अध्यादेशबाट शासन गर्ने उल्टो बाटो हिँड्यो : प्रचण्ड

प्रकाशित मिति :  14 January, 2025 11:22 pm


काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सदन फेस गर्न नसकेको बताएका छन्। दुई तिहाइ बहुमत छ भन्ने सरकारले सजिलै सदनबाट विधेयक पास गर्न सक्ने भए पनि अध्यादेश ल्याउनुले नियत नै खराब छ भन्ने देखाएको उनले बताए।

‘विपक्षी दलहरूका तर्फबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिएर सदन बोलाउन पनि भनेका छौं तर सरकार सदन बोलाउन ढिलो गर्ने र अध्यादेश ल्याएर शासन गर्ने उल्टो बाटो हिँडिरहेको छ, त्यसप्रति पनि आमविरोध भइरहेको छ,’ सिन्धुपाल्चोकमा मंगलबार पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष दाहालले भने, ‘दुई तिहाइ बहुमत छ भन्नेले सजिलै सदनबाट विधेयक पास गर्नुपर्नेमा किन अध्यादेशको बाटो हिँड्यो?’

दुई तिहाइ बहुमत भए पनि अहिलेको सरकारले सदन फेस गर्ने नैतिक साहस नदेखाएको उनले बताए। ‘अध्यादेश ल्याएर शासन गर्ने प्रक्रिया बढाएको यो सरकार सबैभन्दा कमजोर, निरीह, गैरजिम्मेवार र अलोकतान्त्रिक सरकार हो,’ उनले भने, ‘सदन छिटो सुरू होस् र लोकतान्त्रिक प्रक्रियाबाट नै अघि बढोस् भन्ने हामी चाहन्छौं।’

सरकारले गत शुक्रबार ५ वटा अध्यादेश ल्याउने निर्णय गरेकोमा सोमबार राष्ट्रपतिले चार अध्यादेश जारी गरेका छन् भने भूमिसम्बन्धी अध्यादेश अध्ययनकै क्रममा राखेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन