"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकार अध्यादेशबाट शासन गर्ने उल्टो बाटो हिँड्यो : प्रचण्ड

प्रकाशित मिति :  14 January, 2025 11:22 pm


काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सदन फेस गर्न नसकेको बताएका छन्। दुई तिहाइ बहुमत छ भन्ने सरकारले सजिलै सदनबाट विधेयक पास गर्न सक्ने भए पनि अध्यादेश ल्याउनुले नियत नै खराब छ भन्ने देखाएको उनले बताए।

‘विपक्षी दलहरूका तर्फबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिएर सदन बोलाउन पनि भनेका छौं तर सरकार सदन बोलाउन ढिलो गर्ने र अध्यादेश ल्याएर शासन गर्ने उल्टो बाटो हिँडिरहेको छ, त्यसप्रति पनि आमविरोध भइरहेको छ,’ सिन्धुपाल्चोकमा मंगलबार पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष दाहालले भने, ‘दुई तिहाइ बहुमत छ भन्नेले सजिलै सदनबाट विधेयक पास गर्नुपर्नेमा किन अध्यादेशको बाटो हिँड्यो?’

दुई तिहाइ बहुमत भए पनि अहिलेको सरकारले सदन फेस गर्ने नैतिक साहस नदेखाएको उनले बताए। ‘अध्यादेश ल्याएर शासन गर्ने प्रक्रिया बढाएको यो सरकार सबैभन्दा कमजोर, निरीह, गैरजिम्मेवार र अलोकतान्त्रिक सरकार हो,’ उनले भने, ‘सदन छिटो सुरू होस् र लोकतान्त्रिक प्रक्रियाबाट नै अघि बढोस् भन्ने हामी चाहन्छौं।’

सरकारले गत शुक्रबार ५ वटा अध्यादेश ल्याउने निर्णय गरेकोमा सोमबार राष्ट्रपतिले चार अध्यादेश जारी गरेका छन् भने भूमिसम्बन्धी अध्यादेश अध्ययनकै क्रममा राखेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद