"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लेखा समितिमा परेका ९५ उजुरी अध्ययन गर्न उपसमिति गठन

प्रकाशित मिति :  21 January, 2025 3:20 pm


काठमाडौँ – प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले उजुरीबारे अध्ययन गर्नका लागि सात सदस्यीय उपसमिति गठन गरेको छ । लेखा समितिको मंगलबारको बैठकले कांग्रेसका सांसद सञ्जय गौतमको संयोजकत्वमा उपसमिति गठन गरिएको हो । 

उपसमितिमा कांग्रेसका २, एमाले, माओवादी, रास्वपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद सदस्य राखिएको छ । समिति सभापति ऋषिकेश पोखरेलले उजुरीका सम्बन्धमा अध्ययन गर्नका लागि सात दिनको समय दिएर उपसमिति गठन गरिएको जानकारी दिए ।

समितिमा संयोजक गौतम, सदस्यहरू गोकुल बास्कोटा, लेखनाथ दाहाल, हरि ढकाल, मञ्जु खाण, प्रेम आले र अमरेशकुमार सिंह रहेका छन् ।

लेखा समितिमा हालसम्म ९५ उजुरी परेका छन् । ती उजुरीमाथि अध्ययन गर्नका लागि उपसमिति गठन गरिएको हो । उपसितिले उजुरीहरूको कार्यक्षेत्र, समयसीमा र अन्य समितिमा छलफलमा रहेका विषयमा अध्ययन गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद