"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लेखा समितिमा परेका ९५ उजुरी अध्ययन गर्न उपसमिति गठन

प्रकाशित मिति :  21 January, 2025 3:20 pm


काठमाडौँ – प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले उजुरीबारे अध्ययन गर्नका लागि सात सदस्यीय उपसमिति गठन गरेको छ । लेखा समितिको मंगलबारको बैठकले कांग्रेसका सांसद सञ्जय गौतमको संयोजकत्वमा उपसमिति गठन गरिएको हो । 

उपसमितिमा कांग्रेसका २, एमाले, माओवादी, रास्वपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद सदस्य राखिएको छ । समिति सभापति ऋषिकेश पोखरेलले उजुरीका सम्बन्धमा अध्ययन गर्नका लागि सात दिनको समय दिएर उपसमिति गठन गरिएको जानकारी दिए ।

समितिमा संयोजक गौतम, सदस्यहरू गोकुल बास्कोटा, लेखनाथ दाहाल, हरि ढकाल, मञ्जु खाण, प्रेम आले र अमरेशकुमार सिंह रहेका छन् ।

लेखा समितिमा हालसम्म ९५ उजुरी परेका छन् । ती उजुरीमाथि अध्ययन गर्नका लागि उपसमिति गठन गरिएको हो । उपसितिले उजुरीहरूको कार्यक्षेत्र, समयसीमा र अन्य समितिमा छलफलमा रहेका विषयमा अध्ययन गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको