"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

डढेलो नियन्त्रणको पूर्वतयारी कार्ययोजना १५ दिनभित्र समितिमा पेस गर्न सरकारलाई निर्देश

प्रकाशित मिति :  22 January, 2025 9:16 pm


काठमाडौं – संसदीय समितिले सरकारसँग डढेलो नियन्त्रणको पूर्वतयारी कार्ययोजना मागेको छ । बुधबार सिंहदरबारस्थित आफ्नै सभाकक्षमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई अबको १५ दिनभित्र डढेलो नियन्त्रणको पूर्वतयारी कार्ययोजना समितिमा पेस गर्न निर्देश गरेको छ ।

सरकारको पूर्वतयारी कार्यायोजना हेरेर सरकारलाई थप निर्देश गर्ने समितिको तयारी छ । बैठकमा सांसदहरूले वन डढेलोको जोखिम न्युनिकरण र नियन्त्रणका लािग स्थानीय तह र समुदायलाई बढी जिम्मेवार बनाउनुपर्नेमा जोड दिएका थिए ।

उनीहरूले सामुदायिक वनको संरक्षण तथा डढेलो नियन्त्रणका लागि प्रदेश र स्थानीय तहलाई जिम्मेवार बनाउनुपर्ने बताए । बैठकमा बोल्दै जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोले डढेलोलाई दुर्घटनाको रुपमा लिन नहुने बताए ।

नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले आगलागीका घट्ना न्युनीकरण गर्न विपद् व्यवस्थापन प्राधिकरणलाई मजबुत बनाउन जरुरी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद