"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आचारसंहिता कार्यान्वयनका लागि ७९ राजनीतिक दलबाट प्रतिबद्धता

प्रकाशित मिति :  5 April, 2022 5:03 pm


काठमाडौं। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि ७९ वटा राजनीतिक दलबाट प्रतिबद्धता लिएको छ।

मङ्गलबार आयोगले आचारसंहिता पालनामा प्रतिबद्धता गर्न ७९ वटा दललाई आयोग बोलाएको थियो। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आचारसंहिता उल्लङ्घन गर्न नपाइने भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि मङ्गलबार प्रतिबद्धता लिएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो।

उहाँका अनुसार निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलका प्रमुख, पदाधिकारी र प्रतिनिधिले आचारसंहितामा हस्ताक्षर गरेर पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका हुन्।

निर्वाचनमा भाग लिने सबै राजनीतिकबाट आचारसंहितमा प्रतिबद्धता आएपछि अहिले आयोगका पदाधिकारीरुको छुट्टै बैठक बसेको छ।

आयोगले जारी गरेको आचारसंहिता यसअघि नै राजपत्रमा प्रकाशित भइसकेको छ। वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन आचारसंहिता चाँडै लागू हुने आयोगका अधिकारीले बताएका छन्। सूचना अधिकारी अर्यालका अनुसार आचारसंहिता आज, भोलि वा पर्सि जुनसुकै दिन कार्यान्वयनमा हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी