"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आचारसंहिता कार्यान्वयनका लागि ७९ राजनीतिक दलबाट प्रतिबद्धता

प्रकाशित मिति :  5 April, 2022 5:03 pm


काठमाडौं। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि ७९ वटा राजनीतिक दलबाट प्रतिबद्धता लिएको छ।

मङ्गलबार आयोगले आचारसंहिता पालनामा प्रतिबद्धता गर्न ७९ वटा दललाई आयोग बोलाएको थियो। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आचारसंहिता उल्लङ्घन गर्न नपाइने भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि मङ्गलबार प्रतिबद्धता लिएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो।

उहाँका अनुसार निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलका प्रमुख, पदाधिकारी र प्रतिनिधिले आचारसंहितामा हस्ताक्षर गरेर पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका हुन्।

निर्वाचनमा भाग लिने सबै राजनीतिकबाट आचारसंहितमा प्रतिबद्धता आएपछि अहिले आयोगका पदाधिकारीरुको छुट्टै बैठक बसेको छ।

आयोगले जारी गरेको आचारसंहिता यसअघि नै राजपत्रमा प्रकाशित भइसकेको छ। वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन आचारसंहिता चाँडै लागू हुने आयोगका अधिकारीले बताएका छन्। सूचना अधिकारी अर्यालका अनुसार आचारसंहिता आज, भोलि वा पर्सि जुनसुकै दिन कार्यान्वयनमा हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद