"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारले ल्याएको अध्यादेशको प्रतिरक्षा गर्ने कांग्रेसको निर्णय

प्रकाशित मिति :  25 January, 2025 10:19 pm


काठमाडौँ- सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशको प्रतिरक्षा गर्ने भएको छ।सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी एवं सरकारमा पार्टीका तर्फबाट सामेल मन्त्रीहरूको बैठकले सदनमा एकढिक्का भएर अध्यादेशको प्रतिरक्षा गर्ने निर्णय गरेको हो।

सांसदहरूसँग सघनरूपमा छलफल गरेर सदनमा एकढिक्काका साथ अध्यादेशको प्रतिरक्षा गर्ने निर्णय भएको कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। उनले कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले मुलुकलाई सुशासन तथा आर्थिक गतविधिलाई चलायमान बनाउन सरकारले अयध्यादेश ल्याएको जानकारी गराएको बताए।

अध्यादेशका बारेमा संसदीय दलको बैठकमा पनि समान धारणा बनाउने र संसदमा त्यहीअनुसार प्रस्तुत हुने निर्णय भएको जानकारी दिए।बैठकमा सहभागी मन्त्रीहरूले सरकारको कामबारे जानकारी गराएका थिए। बैठकमा सरकार गठनका बेला कांग्रेस र एमालेबीच भएको संविधान संशोधनका विषयमा समेत चर्चा भएको छ। दुवै दलबीच भएको सातबुँदे समझदारीमध्ये संविधान संशोधनलाई महत्वपूर्ण ठानिएको छ।

प्रवक्ता महतले संविधान संशोधनको विषयलाई छिटो अगाडि बढाउन सरकारी तहमै संयन्त्र गठन गरेर अघि बढ्ने जानकारी आएको बताए। सभापति शेरबहादुर देउवाले कामकारबाहीमा केही समस्या भए जानकारी गराउन सरकारमा गएका मन्त्रीहरूलाई निर्देशन दिए। अध्यादेशलगायतका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक आइतबार बस्दैछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने