"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारले ल्याएको अध्यादेशको प्रतिरक्षा गर्ने कांग्रेसको निर्णय

प्रकाशित मिति :  25 January, 2025 10:19 pm


काठमाडौँ- सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशको प्रतिरक्षा गर्ने भएको छ।सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी एवं सरकारमा पार्टीका तर्फबाट सामेल मन्त्रीहरूको बैठकले सदनमा एकढिक्का भएर अध्यादेशको प्रतिरक्षा गर्ने निर्णय गरेको हो।

सांसदहरूसँग सघनरूपमा छलफल गरेर सदनमा एकढिक्काका साथ अध्यादेशको प्रतिरक्षा गर्ने निर्णय भएको कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। उनले कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले मुलुकलाई सुशासन तथा आर्थिक गतविधिलाई चलायमान बनाउन सरकारले अयध्यादेश ल्याएको जानकारी गराएको बताए।

अध्यादेशका बारेमा संसदीय दलको बैठकमा पनि समान धारणा बनाउने र संसदमा त्यहीअनुसार प्रस्तुत हुने निर्णय भएको जानकारी दिए।बैठकमा सहभागी मन्त्रीहरूले सरकारको कामबारे जानकारी गराएका थिए। बैठकमा सरकार गठनका बेला कांग्रेस र एमालेबीच भएको संविधान संशोधनका विषयमा समेत चर्चा भएको छ। दुवै दलबीच भएको सातबुँदे समझदारीमध्ये संविधान संशोधनलाई महत्वपूर्ण ठानिएको छ।

प्रवक्ता महतले संविधान संशोधनको विषयलाई छिटो अगाडि बढाउन सरकारी तहमै संयन्त्र गठन गरेर अघि बढ्ने जानकारी आएको बताए। सभापति शेरबहादुर देउवाले कामकारबाहीमा केही समस्या भए जानकारी गराउन सरकारमा गएका मन्त्रीहरूलाई निर्देशन दिए। अध्यादेशलगायतका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक आइतबार बस्दैछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन

काठमाडौं – सरकारले पछिल्लो पटक बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार

काठमाडौँ — नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ। पार्टी केन्द्रीय कार्यालयमा