"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्न रुपन्देही अदालतको आदेश

प्रकाशित मिति :  26 January, 2025 8:37 pm


बुटवल – रुपन्देही अदालतले बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको छ। जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले आइतबार धरौटीमा छाड्न आदेश दिएको हो। लामिछाने धरौटी बुझाएपछि रिहा हुनेछन्।

प्रहरीले सुप्रिम सहकारी रकम ठगीमा पहिलो चरणको अनुसन्धान गरेर गत वैशाख ३ मा लामिछाने, जोशीबाहेकका २८ जनालाई प्रतिवादी बनाएर जिल्ला वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो।

लामिछानेसहितका १४ जनाविरुद्ध गत असोज ५ मा पूरक जाहेरी परेपछि इलाका प्रहरी कार्यालयले अनुसन्धान सकेर दर्जन बढी तथ्य र प्रमाणसहित पूरक अभियोग दर्ता गर्न सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको थियो। दोस्रो चरणको अनुसन्धानपछि पहिलो चरणका प्रतिवादीलाई पनि कसुर र बिगो थपेर प्रतिवादी बनाइएको हो।

गत माघ ६ गते  जिल्ला सरकारी वकिल कार्यालयले पुरक अभियोग पत्रबाट लामिछानेसहित २२ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरेपछि माघ ९ गते लामिछाने अदालतमा हाजिर भएका थिए।

सरकारी वकिलका तर्फबाट सहन्याधिवक्ता सोमकान्त भण्डारी, उपन्याधिवक्ता रवि न्यौपाने र सुनिल प्रकाश मरासीनी, जिल्ला न्याधिवक्ता प्रेमराज पौडेल, सहन्याधिवक्ता बसन्तराज पोखरेल, सुनिल लामिछाने र पवित्रा भण्डारीले बहस गरेका थिए। यसै गरी जाहेरवालाका तर्फबाट बरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी अधिवक्ताहरु रामचन्द्र गौतम, शैलैन्द्र प्रसाद हरिजन अम्बेडकरले प्रतिवादी लामिछानेलाई थुनामा राख्नुपर्ने आधार सहित बहस गरेका थिए।

प्रतिवादी लामिछानेका तर्फबाट बरिष्ठ अधिवक्ता सुशिल कुमार पन्त, रमण श्रेष्ठ र सुरेन्द्र बहादुर थापा, अधिवक्ताहरु पशुपती भण्डारी, राजेन्द्र प्रसाद सेडाई, डा. नारायणदत्त कंडेल, सुरज बस्नेत, सञ्जय गोले र सुनिल राउतले बहस गर्दै थुनामा राख्नुपर्ने कुनै आधार प्रमाण नरहेको भनी बहस गरेको आदेशमा लेखिएको छ।थुनछेक बहसको जवाफी बहसमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्याधिवक्ता प्रेमराज पौडेल र जाहेरवालाका तर्फबाट रमनकुमार कर्णले बहस गरेका थिए।

यसअघि उनी कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौँ जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका थिए। पर्सा र चितवनलगायतका जिल्लामा पनि रविको मुद्दा विचाराधीन अवस्थामा छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने