"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आवश्यकताले खोजी भए दलीय राजनीतिमा फर्किने पूर्वराष्ट्रपति भण्डारीको संकेत

प्रकाशित मिति :  27 January, 2025 5:37 pm


विराटनगर – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको आवश्यकताले खोजी भए दलीय राजनीतिमा फर्किने बताएकी छन्। श्री जनता माध्यमिक विद्यालय, इटहरीको वार्षिकोत्सवमा सहभागी हुन जाने क्रममा सोमबार भण्डारीले विराटनगरमा सञ्चारकर्मीहरूसँग आवश्यकताले खोजी भए दलीय राजनीतिमा फर्किने तर अहिले नै कुनै दलमा आवद्ध हुने निर्णयमा आफू नपुगेको बताइन्।

शिक्षा, स्वास्थ्य, खानेपानी, जलवायु परिवर्नत, वैदेशिक रोजगारीमा जानुपर्ने युवाको बाध्यताजस्ता समस्या समाधानका लागि आफूले छलफल चलाइरहेको बताउँदै भण्डारीले यस्ता एजेन्डा पूरा गर्न कुनै दलमा आवद्ध हुनुपर्‍यो भने त्यतिबेला नै निर्णय लिने बताइन्।

उनले भनिन्, ‘राष्ट्रपति पद गैरराजनीतिक पद होइन। राष्ट्रिय राजनीतिमा सक्रिय नै छु। राष्ट्रिय राजनीतिका समग्र एजेन्डामा सबै पक्षहरूसँग छलफल गरिरहेको छु, चलाइरहेको छु। ती एजेन्डा पूरा गर्न कुनै दलमा आवद्ध हुनुपर्‍यो भने त्यतिबेला निर्णय गर्नेछु।’

दलीय राजनीतिकमा सक्रिय हुने अवस्थामा नेकपा एमालेमै जानुपर्ने पनि उनले बताइन्। एमालेको भावी अध्यक्षको भूमिका आउन चाहनुभएको हो भन्ने सञ्चारकर्मीको प्रश्नको उत्तरमा भण्डारीले भनिन्, ‘एमालेबाटै जन्मेर हुर्केर आएको हुनाले त्यही जानुपर्ने हुन्छ तर अहिले छलफल भएको छैन।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने