"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समाजवादी मोर्चाले सरकारलाई खवरदारी गर्ने

प्रकाशित मिति :  29 January, 2025 11:17 pm


काठमाडौँ- समाजवादी मोर्चाले सरकारविरूद्ध प्रदर्शन गर्ने भएको छ। बुधबार नेकपा (एकीकृत समाजवादी) को आलोकनगरस्थित कार्यालयमा बसेको बैठकले चैत २४ गते सरकारविरूद्ध जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको हो।

वर्तमान सरकारको कार्यशैली र देशमा देखिएका सबै खाले समस्याविरूद्ध चैत २४ गते प्रदर्शन गर्ने निर्णय भएको एकीकृत समाजवादीका प्रचार विभागका उपप्रमुख दामोदार अर्यालले जानकारी दिए।

उनले मोर्चालाई थप सक्रिय बनाउँदै सातै प्रदेशमा राजनीतिक गतिविधि अगाडि बढाउने निर्णय बैठकले गरेको बताए। अर्यालले भने,‘मोर्चालाई सातै प्रदेशमा सक्रिय बनाउने कुरा भएको छ। राष्ट्रिय मुद्दामा एक भएर गतिविधि अगाडि बढाइन्छ।’

मोर्चाले चैतको पहिलो साता मधेशमा जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको उनले बताए। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव माओवादीबाट असन्तुष्ट बने पनि मोर्चामा पुनः सामेल हुने उनको भनाइ छ।

‘मोर्चाभन्दा पनि माओवादीसँग उहाँको केही असन्तुष्टि देखिएको छ। उहाँलाई मोर्चामा ल्याउन हाम्रो प्रयास जारी छ, उहाँ फर्किनु हुन्छ,’ अर्यालले भने।

प्रचार विभाग उपप्रमुख अर्यालले सरकारले संसद छलेर ल्याएको अध्यादेशको प्रतिवाद गर्ने निर्णय भएको छ।

मोर्चाका साथै एकीकृत समाजवादीले छुट्टै पनि सरकारको कार्यशैलीविरूद्ध आन्दोलनको तयारी गरिरहेको उनले बताए। अब बस्ने केन्द्रीय कमिटी बैठकबाट सरकारका कामकारबाही र कार्यशैलीविरूद्ध आन्दोलनको निर्णय हुन सक्ने उनले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन

काठमाडौं – सरकारले पछिल्लो पटक बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार

काठमाडौँ — नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ। पार्टी केन्द्रीय कार्यालयमा