"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समाजवादी मोर्चाले सरकारलाई खवरदारी गर्ने

प्रकाशित मिति :  29 January, 2025 11:17 pm


काठमाडौँ- समाजवादी मोर्चाले सरकारविरूद्ध प्रदर्शन गर्ने भएको छ। बुधबार नेकपा (एकीकृत समाजवादी) को आलोकनगरस्थित कार्यालयमा बसेको बैठकले चैत २४ गते सरकारविरूद्ध जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको हो।

वर्तमान सरकारको कार्यशैली र देशमा देखिएका सबै खाले समस्याविरूद्ध चैत २४ गते प्रदर्शन गर्ने निर्णय भएको एकीकृत समाजवादीका प्रचार विभागका उपप्रमुख दामोदार अर्यालले जानकारी दिए।

उनले मोर्चालाई थप सक्रिय बनाउँदै सातै प्रदेशमा राजनीतिक गतिविधि अगाडि बढाउने निर्णय बैठकले गरेको बताए। अर्यालले भने,‘मोर्चालाई सातै प्रदेशमा सक्रिय बनाउने कुरा भएको छ। राष्ट्रिय मुद्दामा एक भएर गतिविधि अगाडि बढाइन्छ।’

मोर्चाले चैतको पहिलो साता मधेशमा जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको उनले बताए। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव माओवादीबाट असन्तुष्ट बने पनि मोर्चामा पुनः सामेल हुने उनको भनाइ छ।

‘मोर्चाभन्दा पनि माओवादीसँग उहाँको केही असन्तुष्टि देखिएको छ। उहाँलाई मोर्चामा ल्याउन हाम्रो प्रयास जारी छ, उहाँ फर्किनु हुन्छ,’ अर्यालले भने।

प्रचार विभाग उपप्रमुख अर्यालले सरकारले संसद छलेर ल्याएको अध्यादेशको प्रतिवाद गर्ने निर्णय भएको छ।

मोर्चाका साथै एकीकृत समाजवादीले छुट्टै पनि सरकारको कार्यशैलीविरूद्ध आन्दोलनको तयारी गरिरहेको उनले बताए। अब बस्ने केन्द्रीय कमिटी बैठकबाट सरकारका कामकारबाही र कार्यशैलीविरूद्ध आन्दोलनको निर्णय हुन सक्ने उनले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद