"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अध्यादेश अस्वीकार गर्ने माओवादी संसदीय दलको निर्णय

प्रकाशित मिति :  30 January, 2025 5:20 pm


काठमाडौँ – नेकपा माओवादी केन्द्रले संसदको हिउँदे अधिवेशनमा सरकारले ल्याएको अध्यादेशको प्रतिवाद गर्ने भएको छ। बिहीबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।

संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले अध्यादेश ल्याएको प्रक्रिया नमिलेकाले प्रतिवाद गर्ने निर्णय भएको जानकारी दिए। उनले संसदीय दलको बैठकले अध्यादेश अस्वीकारको सूचना संसदमा दर्ता गर्ने निर्णय गरेको बताए।

जनतालाई छिटोभन्दा छिटो डेलिभरी गर्न अध्यादेश ल्याएको सरकारको भनाइ निराधार रहेको बैठकले निष्कर्ष निकालेको पाण्डेले बताए। केन्द्रीय कमिटी बैठकले गरेका निर्णयअनुसार संसदमा प्रस्तुत हुने निर्णय संसदीय दलले गरेको उनले जानकारी दिए।

माओवादी संसदीय दलको बैठकले संसदमा सशक्त रूपमा प्रस्तुत हुने निर्णय गरेको छ। बिहान विपक्षी दलहरूको संयुक्त बैठकमा भएका निर्णयबारे संसदीय दलका नेता एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा जानकारी गराएका थिए।

संसदको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरू हुँदैछ। हिउँदे अधिवेशनको पहिलो बैठकमा सरकारले हालसालै ल्याएक विधेयकहरू संसदमा पेस गर्ने तयारी छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद