"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पौडेल नेतृत्वमा १० सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति गठन

प्रकाशित मिति :  २२ चैत्र २०७८, मंगलवार १७:११


काठमाडौं। सत्तारुढ गठबन्धनले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा १० सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले काँग्रेस वरिष्ठ नेता पौडेल नेतृत्वमा काँग्रेस महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित गठबन्धनमा सहभागी दलका शीर्ष १० नेता सहभागी समिति बनाएको हो।

समितिमा नेकपा (माओवादी केन्द्र)बाट नेता देव गुरुङ र वर्षमान पुन सदस्य हुनुहुन्छ भने नेकपा ९एकीकृत समाजवादी०बाट महासचिव डा। वेदुराम भुसाल, उपमहासचिव डा। विजय पौडेल सदस्य हुनुहुन्छ। त्यसैगरी समितिमा जनता समाजवादी पार्टी ९जसपा०बाट अशोक राई, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव र र जनमोर्चाबाट हिमलाल पुरी सदस्य हुनुहुन्छ।

पहिलो बैठक बुधबार
समिति संयोजक रामचन्द्र पौडेलका अनुसार निर्वाचन तयारी तथा अनुगमन समितिको पहिलो बैठक बुधबार बस्नेछ। बुधबार बस्ने बैठकले कार्यविधि बनाएर काम सुरु गर्ने उहाँको भनाइ छ। ‘आज बालुवाटारमा बसेको गठबन्धन बैठकले समिति बनाएको हो’, पौडेलले गोरखापत्र अनलाइनसँग कुरा गर्दै भन्नुभयो, ‘बुधबार पहिलो बैठक बसेर सबैभन्दा पहिला कार्यविधि बनाउँछौँ। कार्यविधि बनेपछि काम सुरु हुन्छ।’

सत्तारुढ गठबन्धनले समितिलाई वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा हुने गठबन्धन र दलको तालमेलको विषयमा अनुगमन गर्ने जिम्मेवारी दिएको उहाँको भनाइ छ। निर्वाचन तयारी र अनुगमन दुवै काम समितिले गर्ने उहाँले प्रष्ट पार्नुभयो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – संसदीय सुनुवाइ समितिले प्रस्तावित १६ राजदूतको नाम अनुमोदन अनुमोदन गरेको छ। आज बिहीबार बसेको समितिको बैठकले केहीको नाम

काठमाडौँ – सत्ता गठबन्धनले उत्पादन, उपभोग, व्यापार र लगानीका क्षेत्रमा देखा परेको शिथिलता अन्त्य गर्न आवश्यक नीतिगत सुधार गर्ने उल्लेख

काठमाडौँ – नेकपा (एमाले) ले दसौं महाधिवेशनसम्म १० लाख संगठित सदस्य पुर्‍याउने लक्ष्यका साथ वार्षिक कार्ययोजना तय गरेको छ। गत

काठमाडौँ – निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपचुनावको तालिका स्वीकृत गरेको छ। कार्यतालिका स्वीकृत भएको जानकारी बुधबार