"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पौडेल नेतृत्वमा १० सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति गठन

प्रकाशित मिति :  5 April, 2022 5:11 pm


काठमाडौं। सत्तारुढ गठबन्धनले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा १० सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले काँग्रेस वरिष्ठ नेता पौडेल नेतृत्वमा काँग्रेस महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित गठबन्धनमा सहभागी दलका शीर्ष १० नेता सहभागी समिति बनाएको हो।

समितिमा नेकपा (माओवादी केन्द्र)बाट नेता देव गुरुङ र वर्षमान पुन सदस्य हुनुहुन्छ भने नेकपा ९एकीकृत समाजवादी०बाट महासचिव डा। वेदुराम भुसाल, उपमहासचिव डा। विजय पौडेल सदस्य हुनुहुन्छ। त्यसैगरी समितिमा जनता समाजवादी पार्टी ९जसपा०बाट अशोक राई, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव र र जनमोर्चाबाट हिमलाल पुरी सदस्य हुनुहुन्छ।

पहिलो बैठक बुधबार
समिति संयोजक रामचन्द्र पौडेलका अनुसार निर्वाचन तयारी तथा अनुगमन समितिको पहिलो बैठक बुधबार बस्नेछ। बुधबार बस्ने बैठकले कार्यविधि बनाएर काम सुरु गर्ने उहाँको भनाइ छ। ‘आज बालुवाटारमा बसेको गठबन्धन बैठकले समिति बनाएको हो’, पौडेलले गोरखापत्र अनलाइनसँग कुरा गर्दै भन्नुभयो, ‘बुधबार पहिलो बैठक बसेर सबैभन्दा पहिला कार्यविधि बनाउँछौँ। कार्यविधि बनेपछि काम सुरु हुन्छ।’

सत्तारुढ गठबन्धनले समितिलाई वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा हुने गठबन्धन र दलको तालमेलको विषयमा अनुगमन गर्ने जिम्मेवारी दिएको उहाँको भनाइ छ। निर्वाचन तयारी र अनुगमन दुवै काम समितिले गर्ने उहाँले प्रष्ट पार्नुभयो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने