"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सबै दलको सहमतिमा संविधान संशोधन हुन्छ : सभापति देउवा

प्रकाशित मिति :  31 January, 2025 4:16 pm


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा राजनीतिक स्थिरता ल्याउन वर्तमान सरकार गठन भएको बताएका छन्। शुक्रबार संसदको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

कांग्रेस र एमालेबीच भएको सातबुँदे समझारी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उनले बताए। देउवाले सुशासनको प्रत्याभूति दिन र विकास निर्माण सरकारको मुख्य ध्येय रहेको उल्लेख गरे। ६ महिनाको अवधिमा सरकारको समग्र मूल्यांकन गर्न नहुने बताउँदै उनले वर्तमान सरकारले लक्ष्यअनुसार काम गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गरे।

आर्थिक अवस्था उकास्न र व्यवसायिक वातावरण बनाउन सरकारले अध्यादेशमार्फत कानुनहरू ल्याएको उनले बताए। अध्यादेशमार्फत आएका कानुनहरूले देशमा सुशासन कायम गर्ने, सहकारीका क्षेत्रमा देखिएका समस्या समाधान गर्ने बताउँदै देउवाले अध्यादेशहरू संसदबाट स्वीकृत हुने विश्वास व्यक्त गरे।

सभापति देउवाले कानुन निर्माणमा ढिलाइ गर्न नहुने बताए। संविधानको कार्यान्वयनसँगै नागरिक सरोकारका थप विधेयकहरू संसदमा ल्याउन उनले सरकारसँग आग्रह गरे। संविधान संशोधन गर्दा बहुलवाद, लोकतान्त्रिक व्यवस्था, समावेशितालगायतका कुरा कमजोर गर्न नहुने देउवाले बताए। उनले सबै दलको सहमतिमा संविधान संशोधन हुने प्रस्ट पारे।

लोकतन्त्रको विकल्प लोकतन्त्र नै रहेको बताउँदै उनले यसलाई थप सुदृढ बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद