"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘समृद्ध नेपाल, सुखी नेपाली’ मेरो ठूलो सपना : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  3 February, 2025 5:11 pm


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपाली नै आफ्ने ठूलो सपना भएको बताएका छन् । श्रीपञ्चमीका अवसरमा फिनिक्स इस्पिरेसन र इम्प्रेरियल वल्ड स्कुुलले सोमबार गरेको ‘युवा अन्तरक्रिया कार्यक्रम’ मा नेपालको भलाइका लागि तपाईंले देखेको सबैभन्दा ठूलो सपना के हो ? भन्ने विद्यार्थीहरूको प्रश्नमा प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिएका हुन् ।

सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडी पर्नुपर्ने कुनै कारण नभएको उनले बताए । विकासका पूर्वाधार बनाएर तथा आधुुनिक गुणस्तरीय शिक्षा दिएर युवाहरूलाई विश्व बजारको प्रतिस्पर्धी बनाउने उनले संकल्प व्यक्त गरे ।

‘विदेशमा गएर नेपाली युुवाले अरुका देश बनाएका छन् । एक करोड युवा अहिले पनि स्वदेशभित्रै छन् । अब हामीले आफ्नै देश बनाउन ध्यान दिनुपर्छ,’ उनले भने, ‘देशबाट गरिबी समाप्त पार्नुपर्छ । देशको स्वाधीनताको झण्डा झुक्न दिन हुँदैन र देशलाई समृद्ध नेपाल बनााउनुुपर्छ ।’

प्रधानमन्त्री ओलीले ज्ञानभूमि र तपोभूमिका साथै पुर्खाको गौरवगाथाले भरिएको नेपाल कहिल्यै कुनै पनि देशको अधिनमा बस्नुु नपरेको स्मरण गरारे । देशभक्तिलाई शीरमा बोकेर इमानदार बने विद्यार्थीहरू सफलतामा पुुग्न सक्ने उनको सुुझाव थियो ।

नेपाल र चीनबीचको सम्बन्धबारे एक विद्यार्थीको प्रश्नमा प्रधानमन्त्री ओलीले नेपालले चीन, भारतलगायत विभिन्न देशसँग मित्रवत् सम्बन्ध राख्दै आएको बताउँदै हालैको औपचारिक चीन भ्रमणका क्रममा बेल्ट एन्ड राेड इनिसियटिभको फ्रेमवर्क’मा सम्झौतालगायत विभिन्न सहकार्य विस्तार भएको बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौं – मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले गरेका मुख्य

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’(जलन) उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।