"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

साहारा चितवन सहकारी ठगीमा रवि लामिछाने सहित १५ जनाविरुद्ध मुद्दा दायर

प्रकाशित मिति :  4 February, 2025 3:43 pm


चितवन — साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगीमा चितवन जिल्ला अदालतमा मंगलबार पूर्वगृहमन्त्री रवि लामिछानेसहित थप १५ जनाविरुद्ध पूरक अभियोग दायर भएको छ । लामिछानेसहित पूर्व डीआईजी छविलाल जोशीलगायत विरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । 

अभियोगपत्रमा लामिछानेले सहकारी संस्थाबाट तलबबाहेक पनि रकम लिएको देखिएको उल्लेख छ । ‘विभिन्न व्यक्ति तथा संस्थाहरूलाई भुक्तानी गरी आफूले समेत भुक्तानी लिई ठगी गर्ने कार्यमा प्रत्यक्ष रूपमा संलग्न रहेको पुष्टि हुन्छ,’ अभियोपत्रमा भनिएको छ ।

साहारा सहकारी ठगीमा गएको असोज ८ गते सहकारीका संस्थापक गितेन्द्रबहादुर (जीबी) राईलाई मुख्य अभियुक्त बनाउँदै १७ जनाविरूद्ध मुद्दा दायर भइसकेको छ । सोही दिननै सरकारी वकिल शान्तिप्रसाद लुँइटेलले साहारा चितवनको रकम गएको देखिएको गोरखा मिडियालगायतका कम्पनीका सम्बन्धमा पनि थप अनुसन्धान गर्न चितवन प्रहरीलाई निर्देशन दिएका थिए । लामिछाने गोरखा मिडियाका तत्कालीन शेयरधनी, सञ्चालक र प्रबन्ध निर्देशक हुन् । हाल निलम्बित रहेका लामिछाने प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन-२ बाट विजयी सांसद पनि हुन् ।

थप प्रतिवादीहरूमा रामबहादुर खनाल, रविना रिमाल, विशाल तमाङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफ अली सिद्धीकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बाँस्तोला, शिवबहादुर गुरूङ र प्रगति श्रेष्ठ रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद