"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेसपा (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

प्रकाशित मिति :  13 February, 2025 8:57 pm


काठमाडौँ-  नेसपा (नयाँ शक्ति)को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित भएका छन् । पहिलो महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा अध्यक्षका अर्का उम्मेदवार नेत्र चापागाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् । चुनावी प्रतिस्पर्धामा भट्टराईले ७६१ र चापागाईँले ७३ मत ल्याए । 

महासचिवमा सोनामसिंह स्याङ्तान विजयी भएका छन् । उपाध्यक्षहरुमा भट्टराईकी छोरी मानुषी यमी भट्टराई, दुर्गा सोब, ईश्वरी रिजाल, टेकबहादुर बाठामगर, उमेश शाह चयन भएका छन् । केन्द्रीय समितिका ९९ मध्ये ९ जना मात्र मनोनयन गर्ने नयाँ शक्तिको विधानमा व्यवस्था छ ।

कोषाध्यक्षमा हरिप्रसाद रिजाल निर्विरोध भएका छन् । ९९ सदस्यीय केन्द्रीय समितिमा पदाधिकारीसहित ७९ पदका लागि मतदान भएको थियो । नवनिर्वाचित कार्यसमितिले बिहीबार नै पद तथा गोपनियताको शपथ लिएको छ । केही नेताहरुले नेतृत्व चयनप्रति असन्तुष्टि जनाउँदै शपथ समारोहमा केहीबेर होहल्ला गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन

काठमाडौं – सरकारले पछिल्लो पटक बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार

काठमाडौँ — नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ। पार्टी केन्द्रीय कार्यालयमा