"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अहिलेसम्मका सबै भ्रष्टाचारको छानविन गर्ने उच्चस्तरीय आयोग बनाऔँ : महामन्त्री थापा

प्रकाशित मिति :  24 February, 2025 7:17 pm


काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दलको एउटा नेताले भ्रष्टाचार गर्दा त्यसको आरोप र अपजस सिंगो पार्टी र त्यो पार्टीका सबै नेताहरूलाई दिने कुरा न्यायसंगत नहुने बताएका छन् । उनले अहिलेसम्मका सबै भ्रष्टाचारको छानविन गरी दोषीहरूलाई सजायको दायरामा ल्याउन उच्चस्तरीय छानविन आयोग गठन गर्न प्रस्ताव गरे ।

आइतबार रोल्पाको लिवाङमा कांग्रेसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसबारे आफूले सत्ता गठबन्धन र प्रधानमन्त्रीसमक्ष समेत प्रस्ताव लैजाने बताए । उनले भ्रष्टाचारका अनेक प्रकरणमा यो वा त्यो नेतालाई मुछेर सम्बन्धित दल र नेता कार्यकर्ताहरूलाई सधैँ पोलिरहने कुरा व्यवहारिक नभएको बताए ।

‘जसले सार्वजनिक पदमा बसेर गल्ती गरेको छ, भ्रष्टाचार गरेको छ, देश र जनतालाई ठगेको छ, उसले सजाय पाउनुपर्छ,’ महामन्त्री थापाले भने, ‘त्यो एक व्यक्तिको कारण ऊ सम्बद्ध दल र सबै नेताहरूलाई पोल्ने कुरा ठिक छैन ।’ उनले कांग्रेसको एउटा नेताका कारण देशभरिका ८ लाख ६६ सदस्यहरू सबैले भ्रष्टाचारीको आरोप खेपिरहन पर्ने कुरा न्यायसंगत नभएको जिकिर गरे ।

‘देशभरि कांग्रेसका ८ लाख ६६ हजार सदस्यहरू हुनुहुन्छ । तीमध्ये हजारौँ नेता कार्यकर्ताहरू जनप्रतिनिधि हुनुहुन्छ । सयौँ जना सांसद हुनुहुन्छ, मन्त्री हुनुहुन्छ । तीमध्ये कोही एक जनाले गल्ती गर्‍यो, भ्रष्टाचार गर्‍यो भने त्यो एउटा व्यक्तिले गरेको गलत कामको भारी सिंगो पार्टीले बोक्नुपर्छ भन्ने हुँदैन । कांग्रेसभित्र गलतलाई गलत भन्न पाइन्छ । यदि कानूनले दोषी भन्छ भने ती व्यक्ति जो कोही भएपनि कारबाहीको दायरामा हुनुपर्छ ।

त्यो कांग्रेस होस् वा कम्युनिष्ट होस्, दोषी हो भने सजायको भागेदार हुनुपर्छ,’ महामन्त्री थापाले भने, ‘मेरो प्रस्ताव छ- एउटा उच्चस्तरीय आयोग बनाऔँ पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा । त्यसमार्फत् अहिलेसम्म प्रधानमन्त्री, मन्त्रीलगायत सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानविन गरौँ । सबै काण्डहरूको छानविन गरौँ । जो दोषी हो, उसलाई पार्टी नहेरेर यो वा त्यो पार्टी नभनीकन कानूनबमोजिम कारबाही गरौँ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन

काठमाडौं – सरकारले पछिल्लो पटक बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार

काठमाडौँ — नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ। पार्टी केन्द्रीय कार्यालयमा