"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निर्वाचन रोक्ने षड्यन्त्रका विरुद्ध कडा प्रतिवाद गर्ने एमालेको निष्कर्ष

प्रकाशित मिति :  19 April, 2022 8:38 am


काठमाडौँ । नेकपा एमालेले सरकारले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र गरेको आरोप लगाएको छ। सोमबार राती एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सम्पन्न एमाले सचिवालय बैठकले सरकारले निर्वाचन सार्ने षड्यन्त्र गरेको आभाष भएको भन्दै त्यसको कडा प्रतिवाद गर्ने निष्कर्ष निकालेको हो।

निर्वाचन रोक्ने षड्यन्त्र निस्तेज पारिने एमाले प्रचारप्रसार विभाग प्रमुख एवम् उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

कुनै अलमलमा नपरी निर्वाचनको तयारीमा जुट्न जिल्ला, पालिका र वडा कमिटीलाई निर्देशन दिइएको पनि गुरुङले बताए।

त्यस्तै एमालेले उम्मेदवारको सूचीमा रहेकाहरूलाई प्रदेशसभा र संघको बन्दसूचीबाट हटाउने निर्णय समेत गरेको छ। ती नाम हटाउन निर्वाचन आयोगलाई पत्र लेख्ने उनले बताए।

एमालेले एक सय ७३ सदस्यीय सल्लाहकार परिषदमा एक सय पाँच जना थपेर दुई सय ७८ सदस्यीय बनाउने भएको छ।

त्यस्तै पार्टी केन्द्रीय कार्यालय वैशाख ९ गतेबाट तुलसीलाल अमात्य प्रतिष्ठानमा सार्ने निर्णय समेत भएको गुरुङले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने