"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चुनावसम्म कांग्रेस-एमाले सरकार भए माओवादीलाई फाइदा हुन्छ : प्रचण्ड

प्रकाशित मिति :  4 March, 2025 1:58 pm


काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस-एमाले गठबन्धनको सरकार जति रहन्छ आफ्नो पार्टीलाई त्यति फाइदा हुने बताएका छन् ।

कैलालीको टिकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा मंगलबार बिहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

पत्रकारले सरकार कति समयसम्म चल्छ भनेर सोधेका थिए । जवाफमा प्रचण्डले भने, ‘अहिले सरकारको आयु नतोकौं । हामी भनिराखेका छौं– बसिराखोस् यो सरकार जति बस्छ त्यति माओवादीलाई फाइदा हुन्छ ।’

तर, सरकारले ठीक काम भने नगरेको उनले बताए । सरकारले गरिरहेका कामहरू गलत रहेको र यो जनताले यो बुझिराखेको उनले बताए । सत्तारुढ दलभित्रै समेत असन्तुष्टि रहेको उनको भनाइ छ । ‘जनतामा आम रुपमा असन्तुष्टि छ । कांग्रेसभित्र, एमाले भित्र पनि उकुसमुकुसको स्थिति छ’, उनले भने । तथापि, आफूहरू सरकार बदल्नेतिर नलागेको बताए । प्रचण्ड भन्छन्, ‘हामीलाई जनतातिर नै ठीक छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद