"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सांसद पाण्डे प्रश्न – कुलमानलाई शून्य नम्बर दिनु सरकारको के नियत हो ?

प्रकाशित मिति :  5 March, 2025 3:07 pm


काठमाडौं – विद्युत् प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङलाई सरकारले दिएको शून्य अंकको विषय संसदमा उठेको छ । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले प्राधिकरणलाई निरन्तर नाफामा लगिरहेको वेला उनलाई बारम्बार स्पष्टीकरण सोध्ने मात्र नभएर  शून्य नम्बर दिनु सरकारको के नियत हो ? भनेर प्रश्न गरे ।

६ महिनामा ११ अर्बभन्दा बढी नाफा कमाएको संस्थाको एमडीलाई स्पष्टीकरण सोध्ने मात्र नभएर कार्यमूल्यांकनमा शून्य अंक दिनु दुर्भाग्य भएको बताए । सरकारले बिचौलियाको पक्ष लिएकाे आरोप लगाए । उनले यस्तो कार्य नगर्न खबरदारीसमेत गरे । सभामुखबाट रुरिङ नआउँदासम्म उनले आन्दोलन जारी राख्ने बताए । 

त्यस्तै रायिट्रय स्वतन्त्र पार्टीका सांसद मनीष झाले एउटा कुलमानलाई लखेटे हजार कुलमान लिएर आउने चेतावनी दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र  बहादुर शाहीले कुलमानलाई हटाए सदन र सडकमा आन्दोलन गर्ने बताए । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद