"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सभामुखद्वारा प्रेस स्वतन्त्रताको संरक्षण गर्ने प्रतिबद्धता

प्रकाशित मिति :  7 March, 2025 8:58 pm


काठमाडौँ– सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रताको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) को दोस्रो वार्षिकोत्सव तथा तेस्रो वार्षिक साधारण सभाको अवसरमा शुक्रबार ओयाजित कार्यक्रममा उनले प्रेस स्वतन्त्रताको संरक्षणमा कुनै प्रकारको बन्देज नलगाइने प्रतिबद्धता जनाए।

उनले भने, ‘लोकतन्त्रको आधारभूत सिद्धान्त सशक्त प्रेस, पारदर्शिता र उत्तरदायी शासन प्रणाली हो, कुनै पनि कानुनले प्रेस स्वतन्त्रतालाई कमजोर पार्ने काम गर्ने छैन, प्रेस स्वतन्त्रताप्रति मेरो प्रतिबद्धता छ।’

उनले आर्थिक नीतिहरूलाई सुधार गर्दै नयाँ अवसरहरूको खोजीमा सरोकारवाला निकायबीच समन्वयको आवश्यकता औँल्याउँदै संसदमा विचाराधीन विधेयकमाथि सञ्चारकर्मीको चासोबारे आफू जानकार रहेको बताए।

साधारण सभाले रोयल आचार्यको अध्यक्षतामा नयाँ कार्यसमति चयन गरेको छ। उपाध्यक्षमा डिल्लीप्रसाद सापकोटा, महासचिवमा रामेश्वर कार्की, उपमहासचिवमा टंक कार्की, सचिवमा प्रकाश अर्याल, कोषाध्यक्षमा अमिर लामा र सदस्यमा अप्सरा गौतम, उत्सव ढकाल, डीआर आचार्य, मनोज थापा र गीता भुसाललाई चयन गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद