"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सभामुखद्वारा प्रेस स्वतन्त्रताको संरक्षण गर्ने प्रतिबद्धता

प्रकाशित मिति :  7 March, 2025 8:58 pm


काठमाडौँ– सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रताको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) को दोस्रो वार्षिकोत्सव तथा तेस्रो वार्षिक साधारण सभाको अवसरमा शुक्रबार ओयाजित कार्यक्रममा उनले प्रेस स्वतन्त्रताको संरक्षणमा कुनै प्रकारको बन्देज नलगाइने प्रतिबद्धता जनाए।

उनले भने, ‘लोकतन्त्रको आधारभूत सिद्धान्त सशक्त प्रेस, पारदर्शिता र उत्तरदायी शासन प्रणाली हो, कुनै पनि कानुनले प्रेस स्वतन्त्रतालाई कमजोर पार्ने काम गर्ने छैन, प्रेस स्वतन्त्रताप्रति मेरो प्रतिबद्धता छ।’

उनले आर्थिक नीतिहरूलाई सुधार गर्दै नयाँ अवसरहरूको खोजीमा सरोकारवाला निकायबीच समन्वयको आवश्यकता औँल्याउँदै संसदमा विचाराधीन विधेयकमाथि सञ्चारकर्मीको चासोबारे आफू जानकार रहेको बताए।

साधारण सभाले रोयल आचार्यको अध्यक्षतामा नयाँ कार्यसमति चयन गरेको छ। उपाध्यक्षमा डिल्लीप्रसाद सापकोटा, महासचिवमा रामेश्वर कार्की, उपमहासचिवमा टंक कार्की, सचिवमा प्रकाश अर्याल, कोषाध्यक्षमा अमिर लामा र सदस्यमा अप्सरा गौतम, उत्सव ढकाल, डीआर आचार्य, मनोज थापा र गीता भुसाललाई चयन गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको