"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसले सुरु गर्‍यो मिसन रोजगारी अभियान

प्रकाशित मिति :  9 March, 2025 10:23 pm


काठमाडौँ – नेपाली कांग्रेसले मिसन रोजगारी अभियान सुरु गरेको छ। पार्टी कार्यालय सानेपामा आइतबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मिसन रोजगारी अभियानको शुभारम्भ गरेका हुन्। राजनीतिक विमर्शको केन्द्रमा रोजगार–सरकारको प्राथमिकतामा रोजगार भन्ने लक्ष्यका साथ मिसन रोजगारी अभियान सुरु गरिएको महामन्त्री थापाले जानकारी दिए।

उनले यस क्रममा विषयगत र क्षेत्रगत रुपमा गोलमेच छलफल गर्ने उनले बताए। पहिलो चरणमा ६ महिना रोजगारीका विषयमा संवाद गर्ने र अध्ययनका लागि निचोड निकालिने थापाले बताए।

अर्का कांग्रेस महामन्त्री शर्माले कांग्रेस पार्टीले लिएको नीतिका कारण थोरै भए पनि देशमा रोजगारीको सिर्जना भएको दाबी गरे। देशमा बनेको रोजगारीको जग थप बलियो बनाउने र जनतामा देखिएको असन्तुष्टि समाधान गर्ने प्रयासस्वरुप रोजगारी अभियान सुरु गरिएको उनको भनाइ छ।

रोजगारी सिर्जना गर्न सकिने माध्यम, क्षेत्र, नीतिगत अवस्थालगायतमा वर्षभर छलफल बहस गर्दै सरकारको प्राथमिकतामा रोजगारलाई राख्ने अवस्था सिर्जना गर्ने कांग्रेसले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले पछिल्लो पटक बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार

काठमाडौँ — नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ। पार्टी केन्द्रीय कार्यालयमा

काठमाडौँ — कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । प्रमुख सचेतक श्याम घिमिरेसहित ७ जनाका तर्फबाट

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच आइतबार सिंहदबारमा