"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसले सुरु गर्‍यो मिसन रोजगारी अभियान

प्रकाशित मिति :  9 March, 2025 10:23 pm


काठमाडौँ – नेपाली कांग्रेसले मिसन रोजगारी अभियान सुरु गरेको छ। पार्टी कार्यालय सानेपामा आइतबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मिसन रोजगारी अभियानको शुभारम्भ गरेका हुन्। राजनीतिक विमर्शको केन्द्रमा रोजगार–सरकारको प्राथमिकतामा रोजगार भन्ने लक्ष्यका साथ मिसन रोजगारी अभियान सुरु गरिएको महामन्त्री थापाले जानकारी दिए।

उनले यस क्रममा विषयगत र क्षेत्रगत रुपमा गोलमेच छलफल गर्ने उनले बताए। पहिलो चरणमा ६ महिना रोजगारीका विषयमा संवाद गर्ने र अध्ययनका लागि निचोड निकालिने थापाले बताए।

अर्का कांग्रेस महामन्त्री शर्माले कांग्रेस पार्टीले लिएको नीतिका कारण थोरै भए पनि देशमा रोजगारीको सिर्जना भएको दाबी गरे। देशमा बनेको रोजगारीको जग थप बलियो बनाउने र जनतामा देखिएको असन्तुष्टि समाधान गर्ने प्रयासस्वरुप रोजगारी अभियान सुरु गरिएको उनको भनाइ छ।

रोजगारी सिर्जना गर्न सकिने माध्यम, क्षेत्र, नीतिगत अवस्थालगायतमा वर्षभर छलफल बहस गर्दै सरकारको प्राथमिकतामा रोजगारलाई राख्ने अवस्था सिर्जना गर्ने कांग्रेसले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद