"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आज होली पर्व उल्लासपूर्वक मनाइँदै

प्रकाशित मिति :  13 March, 2025 9:25 am


फाईल तस्वीर

काठमाडौँ – रङहरूको उत्सव होली पर्व आज (बिहीबार) पहाडमा उल्लासपूर्वक मनाइँदै छ । पहाडमा मनाइएको भोलिपल्ट तराईमा होली मनाउने चलन छ । एक अर्कामा अबीर दलेर होली पर्व मनाइन्छ ।

सरकारले तराई र पहाडमा फरक फरक दिनमा होलीको बिदा दिने गरेको छ । यो वर्ष होलीका अवसरमा बिहीबार पहाडमा सरकारले सार्जनिक बिदा दिएको छ । रङहरुमा रमाएर हर्षोल्लासपूर्वक होली मनाउन आह्वान गर्दै बिहीबार फागुपूर्णिमाको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत देशका उच्च पदस्थ व्यक्तिहरुले शुभकामना दिएका छन् ।

होलीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको साझा पर्व फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भनी उनले शुभकामना दिएका छन् ।

त्यस्तै, उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक, सांस्कृतिक र राष्ट्रिय महत्व बोकेको फागुपूर्णिमा (होली) पर्वले सांस्कृतिक वैभव र धरोहरलाई समृद्ध बनाउन सघाउ पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। उनले यस पर्वले देश र समाजमा एकता तथा शान्ति कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने समेत बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हर्ष र उमंगका साथ होली पर्व मनाउन भन्दै शुभकामना सन्देश दिएका छन्। सभामुख देवराज घिमिरेसहित उच्च पदस्थ व्यक्तिहरूले समेत होलीमा शुभकामना सन्देश दिएका छन्। यही पर्वलाई लक्षित गर्दै देशभरि प्रशासनले शान्तिपूर्ण र मर्यादित भएर होली खेल्न आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद