"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मुलुकलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल नहुने एमालेको निष्कर्ष

प्रकाशित मिति :  18 March, 2025 10:55 am


काठमाडौँ- नेकपा एमालेले मुलुकलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल हुन नसक्ने निष्कर्ष निकालेको छ। पार्टी कार्यालय च्यासलमा सोमबार बसेको एमाले सचिवालय बैठकले विशेष प्रस्ताव पारित गर्दै यो निष्कर्ष निकालेको हो।

एमाले बैठकले प्राप्त उपलब्धिहरूलाई अस्वीकार गर्ने, नकारात्मक भाष्य निर्माण गर्ने, जनता र राष्ट्रको मनोबल खस्काउने र त्यसैको बहानामा मुलुकलाई अलोकतान्त्रिक दिशमा पछाडि फर्काउने प्रयास स्वीकार्य नहुने जनाएको हो।

केही समययता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरूद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको एमालेको विशेष प्रस्तावमा उल्लेख छ।

उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले मुलुकको परिवर्तन उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशातिर फर्काउने कुनै पनि प्रयास सफल हुन नसक्ने निष्कर्ष निकालेको जानकारी दिए।

२१ औँ शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैँमा हास्पास्पद, हानिकारक र निरर्थक रहेकोमा बैठकले विशेष जोड दिएको उनले बताए।

त्यस्तै बैठकले लुम्बिनी एमाले प्रदेश कमिटीले अनुमोदनका लागि पठाएको प्रदेशमा थप गरिएका २८ जना सदस्यहरूको नाम अनुमोदन गरेको ज्ञवालीले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- निर्वाचनमा आयोगमा एक सय २२ वटा राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आइतबार आयोजित पत्रकार सम्मेलनमा

काठमाडौँ- मतदाता नामावलीको म्याद मंसिर ५ गतेसम्मका लागि थपिएको छ। मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशन नगरी चुनावमा जानु भनेको गल्ती स्वीकार नगरी जनादेश माग्न जानु रहेको बताएका छन्। पार्टीको

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनको मिति तोक्ने विषयमा बहस जारी छ। असोज २८ गतेदेखि जारी