"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मुलुकलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल नहुने एमालेको निष्कर्ष

प्रकाशित मिति :  18 March, 2025 10:55 am


काठमाडौँ- नेकपा एमालेले मुलुकलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल हुन नसक्ने निष्कर्ष निकालेको छ। पार्टी कार्यालय च्यासलमा सोमबार बसेको एमाले सचिवालय बैठकले विशेष प्रस्ताव पारित गर्दै यो निष्कर्ष निकालेको हो।

एमाले बैठकले प्राप्त उपलब्धिहरूलाई अस्वीकार गर्ने, नकारात्मक भाष्य निर्माण गर्ने, जनता र राष्ट्रको मनोबल खस्काउने र त्यसैको बहानामा मुलुकलाई अलोकतान्त्रिक दिशमा पछाडि फर्काउने प्रयास स्वीकार्य नहुने जनाएको हो।

केही समययता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरूद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको एमालेको विशेष प्रस्तावमा उल्लेख छ।

उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले मुलुकको परिवर्तन उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशातिर फर्काउने कुनै पनि प्रयास सफल हुन नसक्ने निष्कर्ष निकालेको जानकारी दिए।

२१ औँ शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैँमा हास्पास्पद, हानिकारक र निरर्थक रहेकोमा बैठकले विशेष जोड दिएको उनले बताए।

त्यस्तै बैठकले लुम्बिनी एमाले प्रदेश कमिटीले अनुमोदनका लागि पठाएको प्रदेशमा थप गरिएका २८ जना सदस्यहरूको नाम अनुमोदन गरेको ज्ञवालीले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद