"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

२५ करोड अवैध विदेशी मुद्रा बरामद घटनामा विशेष छानविन गर्न सांसदको माग

प्रकाशित मिति :  19 March, 2025 12:29 pm


काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले २५ करोड बराबरको अवैध विदेशी मुद्रा बरामदका घटनामा विशेष छानविन गर्न माग गरेको छ। बुधबार प्रतिनिधिसभा बैठकमा सांसद सापकोटाले अहिलेसम्मकै सबैभन्दा ठूलो अवैध रकम बरामद भएको घटनाले सिंगो देश तरंगित भएको भन्दै विशेष प्रकारको छानबिन समिति गठन गरेर अनुसन्धान गर्न माग गरे।

यस्ता प्रकृतिका घटनामा ड्राइभर र भरियामात्र पक्राउ गर्ने र मुद्दा नै हराएर जाने देखिएको भन्दै विशेष प्रकारको छानविन समिति गठन गर्नुपर्ने उनले बताए। उनले ठूलो मात्राको तस्करीको घटना उपल्लो तहको कनेक्सन नभइ सम्भव नरहेको जिकिर गरे।

कांग्रेस सांसद रामहरि खतिवडाले पनि २५ करोड बराबरको अवैध विदेशी मुद्रा बरामद प्रकरणमा मुख्य दोषीसम्म पुग्ने गरि अनुसन्धान गर्न माग गरे। उनले विभिन्न प्रकरणमा ड्राइभर र भरिया पक्रने र मालिकसम्म नपुग्ने प्रवृति देखिएको भन्दै मुख्य नाइकसम्म पुगेर कारवाही गर्नुपर्नेमा जोड दिए। सांसद रोशन कार्कीले टोखामा ठूलो मात्रामा अवैध विदेशी मुद्रा बरामद भएको भन्दै नेपाल तस्करहरुको ट्रान्जिट प्वाइन्ट बनेको हो भन्दै प्रश्न गरे।

भ्रष्टाचारमा नेपालले नयाँ नयाँ कीर्तिमान कायम गरेको उहाले बताए। उनले जनताको सहनशिलतामा धरै परिक्षा लिइराखे सरकारलाई अप्ठेरो पर्ने चेतावनी दिए। मंगलबार प्रहरीले काठमाडौँको टोखाबाट करिब २५ करोड बराबरको विदेशी मुद्रासहित एक व्यक्तिलाई पक्राउ गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको