"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

२५ करोड अवैध विदेशी मुद्रा बरामद घटनामा विशेष छानविन गर्न सांसदको माग

प्रकाशित मिति :  19 March, 2025 12:29 pm


काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले २५ करोड बराबरको अवैध विदेशी मुद्रा बरामदका घटनामा विशेष छानविन गर्न माग गरेको छ। बुधबार प्रतिनिधिसभा बैठकमा सांसद सापकोटाले अहिलेसम्मकै सबैभन्दा ठूलो अवैध रकम बरामद भएको घटनाले सिंगो देश तरंगित भएको भन्दै विशेष प्रकारको छानबिन समिति गठन गरेर अनुसन्धान गर्न माग गरे।

यस्ता प्रकृतिका घटनामा ड्राइभर र भरियामात्र पक्राउ गर्ने र मुद्दा नै हराएर जाने देखिएको भन्दै विशेष प्रकारको छानविन समिति गठन गर्नुपर्ने उनले बताए। उनले ठूलो मात्राको तस्करीको घटना उपल्लो तहको कनेक्सन नभइ सम्भव नरहेको जिकिर गरे।

कांग्रेस सांसद रामहरि खतिवडाले पनि २५ करोड बराबरको अवैध विदेशी मुद्रा बरामद प्रकरणमा मुख्य दोषीसम्म पुग्ने गरि अनुसन्धान गर्न माग गरे। उनले विभिन्न प्रकरणमा ड्राइभर र भरिया पक्रने र मालिकसम्म नपुग्ने प्रवृति देखिएको भन्दै मुख्य नाइकसम्म पुगेर कारवाही गर्नुपर्नेमा जोड दिए। सांसद रोशन कार्कीले टोखामा ठूलो मात्रामा अवैध विदेशी मुद्रा बरामद भएको भन्दै नेपाल तस्करहरुको ट्रान्जिट प्वाइन्ट बनेको हो भन्दै प्रश्न गरे।

भ्रष्टाचारमा नेपालले नयाँ नयाँ कीर्तिमान कायम गरेको उहाले बताए। उनले जनताको सहनशिलतामा धरै परिक्षा लिइराखे सरकारलाई अप्ठेरो पर्ने चेतावनी दिए। मंगलबार प्रहरीले काठमाडौँको टोखाबाट करिब २५ करोड बराबरको विदेशी मुद्रासहित एक व्यक्तिलाई पक्राउ गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने