"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पूर्वराजा शाहलाई राप्रपाको अध्यक्ष बन्न सभापति देउवा सुझाव

प्रकाशित मिति :  23 March, 2025 3:53 pm


काठमाडौँ- कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर राजनीतिमा आउन सुझाव दिएका छन्  । कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको एक कार्यक्रममा आइतबार सभापति देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई आफूले राम्रोसँग चिनेको उल्लेख गर्दै उनी संवैधानिक राजा बन्न लायक नभएको बताएका हुन् ।

पछिल्लो समय राप्रपा हिन्दुराष्ट्र र राजतन्त्र स्थापनाका लागि भन्दै प्रदर्शन गरिरहेको छ । त्यही सन्दर्भमा देउवाले राप्रपालाई सुझाव दिँदै भने, ‘उनी संवैधानिक राजा हुन लायक मान्छे होइनन् । संवैधानिक राजा हुन पनि सक्दैनन् । राप्रपा पनि पछुताउँछ । बरु राप्रपाले पार्टीको सभापति बनाए हुन्छ ।’

आफूले ज्ञानेन्द्रलाई राम्रोसँग चिनेको उल्लेख गर्दै देउवाले उनीविरुद्ध बोलेकै कारण आफूलाई जेल हालिएको प्रसंग पनि सुनाए । उनले अगाडि भने,’ जनीति गर्ने हो भने पार्टी खोलेर आए हुन्छ । पार्टीमा लग्यो भने राप्रपाले पनि दु:ख पाउँछ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद