"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कुलमानको बर्खास्तीविरुद्ध संसद् र सडकबाट खबरदारी गर्ने विपक्षी दलको तयारी

प्रकाशित मिति :  26 March, 2025 11:16 am


काठमाडौँ- विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएको निर्णयविरुद्ध संसद्‌मा विरोध गर्ने भएको छ।

आज सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले कुलमानलाई हटाउने सरकारको निर्णयप्रति खबरदारी गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक सन्तोष परियारले विपक्षी दलले सरकार विधिविधानलाई लत्याएर गरेको निर्णयको विरोध गर्ने जनाएका छन्।

उनले सडकमा पनि विरोध जारी रहने बताए। सरकारले मन्त्रीहरूको हितमा नभई जनताको हितमा काम गर्नुपर्नेमा त्यस्तो हुन नसकेको उनको भनाइ छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद