"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

तीनकुने लगायतका क्षेत्रमा गृहमन्त्री लेखकको अनुगमन

प्रकाशित मिति :  29 March, 2025 12:41 pm


काठमाडौँ – गृहमन्त्री रमेश लेखकले राजावादीहरूको आन्दोलनका क्रममा क्षति पुगेको तीनकुने लगायतका क्षेत्रको अनुगमन गरेका छन्। शनिबार बिहान गृहमन्त्री लेखकसहित मन्त्रालयका कर्मचारीहरूले क्षतिग्रस्त भएका स्थानहरूको अनुगमन एवं निरीक्षण गरेका हुन्।

शुक्रबारको आन्दोलनमा आन्दोलनकारीहरूले तीनकुने, बानेश्वर, जडिबुटी, कोटेश्वर लगायतका क्षेत्रमा निजी र सार्वजनिक सम्पत्ति तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए। सोही स्थानको अवस्थाबारे बुझ्न गृहमन्त्री लेखक शनिबार उक्त क्षेत्रको अनुगमनका लागि गएका हुन्।

राजावादीहरूको आन्दोलनका क्रममा एक जना पत्रकारसहित २ जनाको मृत्यु भएको छ।

  • न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद