"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

तीनकुने लगायतका क्षेत्रमा गृहमन्त्री लेखकको अनुगमन

प्रकाशित मिति :  29 March, 2025 12:41 pm


काठमाडौँ – गृहमन्त्री रमेश लेखकले राजावादीहरूको आन्दोलनका क्रममा क्षति पुगेको तीनकुने लगायतका क्षेत्रको अनुगमन गरेका छन्। शनिबार बिहान गृहमन्त्री लेखकसहित मन्त्रालयका कर्मचारीहरूले क्षतिग्रस्त भएका स्थानहरूको अनुगमन एवं निरीक्षण गरेका हुन्।

शुक्रबारको आन्दोलनमा आन्दोलनकारीहरूले तीनकुने, बानेश्वर, जडिबुटी, कोटेश्वर लगायतका क्षेत्रमा निजी र सार्वजनिक सम्पत्ति तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए। सोही स्थानको अवस्थाबारे बुझ्न गृहमन्त्री लेखक शनिबार उक्त क्षेत्रको अनुगमनका लागि गएका हुन्।

राजावादीहरूको आन्दोलनका क्रममा एक जना पत्रकारसहित २ जनाको मृत्यु भएको छ।

  • न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी