"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सांसद् पद निलम्बन फुकुवा गर्न सभामुखसँग रवि लामिछानेको माग

प्रकाशित मिति :  1 April, 2025 12:39 pm


काठमाडौँ – पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न रास्वपाले सभामुखसँग माग गरेको छ । निलम्बन फुकुवा गरिमाग्न लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न संसद् भवन नयाँबानेश्वर पुगेका थिए ।

लामिछानेको सांसद पद गत पुस ८ मा निलम्बन गरिएको थियो । पोखरामा सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद निलम्बन भएको थियो ।

रास्वपाले प्रतिनिधिसभा नियमावलीमा सांसद पद निलम्बनको व्यवस्था नभएको भन्दै फुकुवाको माग गरेको हो । ‘प्रतिनिधिसभा नियमावलीमा सांसद निलम्बन पूर्पक्षका लागि थुनामा पठाएमा मात्रै हुने भन्ने व्यवस्था छ, निलम्बन फुकुवा हुनुपर्छ भन्यौं,’ रास्वपा सांसद सोविता गौतमले भनिन् । सरकारले सांसद निलम्बन राजनीतिक प्रतिशोध साँध्नका लागि दुरुपयोग गरिरहेकाले सभामुखले रोक्नुपर्ने आग्रह गरिएको गौतमले बताइन् ।

सभामुखले प्रतिनिधिसभा नियमावलीअनुसार चल्नुपर्ने, अन्य कानुनमा टेकेर राजनीतिक प्रतिशोध साँध्ने हतियार बनाउनबाट रोक्नुपर्ने रास्वपाले माग गरेको हो । सभामुखले भने सांसद निलम्बन गर्ने अन्य कानुनहरूमा नै संशोधन गर्नुपर्ने बताएका थिए । रास्वपाले यसअघि पनि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्नुपर्ने माग राखेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद