"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विगत तिर फर्केर होईन, अबको दशक भविष्य निर्माण गर्ने समय हो : महामन्त्री थापा

प्रकाशित मिति :  २२ चैत्र २०८१, शनिबार २०:५७


काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै, विगतमा मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय नभएको टिप्पणी गरेका छन्।

शनिबार बाह्रखरी मिडियाले काठमाडौंमा आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री थापाले २०८०—०९० दशकलाई भविष्य निर्माण गर्ने समय भएको उल्लेख गर्दै विगतको पात्र र विषयमा अब समय खेर फाल्न नहुने बताएका हुन्।

उनले राजतन्त्रलाई ‘नचाहिने र थोत्रो’ व्यवस्था को रूपमा टिप्पणी गर्दै, गइसकेको कुरामा छलफल गर्नुको अर्थ नरहेको बताए। महामन्त्री थापाले भने, ‘अबको एक दशक आईटी क्षेत्रलाई कसरी पाँच गुणा बढाउने, तलब तीन गुणा कसरी बढाउने, आईटी पूर्वाधार कसरी विस्तार गर्ने भन्ने विषयमा बहस हुनुपर्छ।’

उनले अबको ८–१० वर्षभित्रमा कीर्तिपुरको डाँडा मात्र होइन, देशभरका थुप्रै ठाउँमा युवाहरूले लाखौँ रुपैयाँ कमाउने अवस्था सिर्जना गर्न सकिने विश्वास व्यक्त गरे।

‘हामीसँग त्यो सम्भावना छ, तर त्यसका लागि सही दिशामा सोच्नुपर्नेछ, गति बढाउनुपर्नेछ,’ उनले भने, ‘यो अवसर हो। आवश्यक कानुनी सुधार ल्याऔँ, संरचनात्मक परिवर्तन गरौँ, सहकार्य गरौँ। निजी वा सरकारी भन्ने छैन, सबै मिलेर अगाडि बढ्ने हो।’

महामन्त्री थापाले अहिलेको दशकलाई भविष्य निर्माणको ‘गोल्डेन डिकेड’ का रूपमा लिँदै, अब पुराना र अप्रासङ्गिक पात्रहरूका विषयमा समय खर्चिन नहुने धारणा दोहोर्‍याए।

‘अब २०८० देखि ०९० सम्मको दशक नचाहिने, थोत्रा, गइसकेको, थन्काइसकेको विषय र पात्रका बारेमा छलफल गरेर टाइम खेर फाल्ने होइन,” उनले भने, ‘अब बहसको विषय भनेको हाम्रो आईटी एक्सपर्टलाई पाँच गुणा कसरी बनाउने? तलब तीन गुणा कसरी बढाउने? पूर्वाधार कसरी निर्माण गर्ने भन्ने हो।’

महामन्त्री थापाले अर्थतन्त्र अप्ठ्यारोमा परेको बेला पनि आईटी क्षेत्रले आशा देखाएको उल्लेख गर्दै, यस क्षेत्रबाट नेपालले ठूलो अवसर लिन सक्ने धारणा राखे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाई पक्राउबारे कानुन, न्याय तथा संसदीय मामिला समितिलाई जानकारी गराएका छन्। शुक्रबार सिंहदरबारमा

काठमाडौं – भारतबाट नेपाल ल्याइएका दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ । उनलाई आज बिहान भारत आसामको

काठमाडौँ – नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरी सरकारी सेवा प्रवेश गरेको अभियोगमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका प्रमुख

काठमाडौं – शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीले बुधबार हात उठाएर सरकारको सांकेतिक विरोध गरेका