"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न गृहकार्य हुदै

प्रकाशित मिति :  8 April, 2025 6:51 pm


काठमाडौँ- नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर ल्याउन कार्ययोजनालाई अन्तिम रूप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ।छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न कार्ययोजनाअनुसार कार्य गर्दा गर्दैै आगामी दिनमा नेपाल ‘ग्रे लिस्ट’ मा नपर्ने बताए। उनले यसका लागि दीर्घकालीन हिसाबले काम गर्न आवश्यक रहेको बताए।

अर्थमन्त्री पौडेलले जिम्मेवार निकायहरूलाई क्रियाकलपा सम्म गर्न समयसीमासहित कार्ययोजना कार्यान्वयन गर्न निर्देशन दिए। यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न कानुनको कमी नभएको बताए। उनले इच्छाशक्ति लगाएर काम गरे नेपाललाई ग्रे लिस्टबाट निकाल्न सकिने उल्लेख गरे । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर निलम ढुंगाना तिम्सिनाले अन्तिम समयमा काम गर्ने भन्दा कार्ययोजनाअनुसार सुरूदेखि नै काम गर्न आवश्यक रहेको धारणा राखिन्।

उनले जोखिम मूल्यांकन, अन्तर निकाय समन्वय, नियमन तथा सुपरिवेक्षण, अनुसन्धान तथा अभियोजन, कसुरजन्य सम्पत्तिलगायतका क्षेत्रमा काम गर्न जरूरी रहेको बताउँदै कानुनमा भन्दा कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताइन्। बैठकमा सहभागीहरूले प्रविधिलाई जोड दिएर कार्ययोजनाअनुसार काम गर्दा नेपाल ग्रे लिस्टबाट बाहिर आउनसक्ने धारणा राखेका थिए। नेपाल गत फागुन ९ गते ‘फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)’ को ग्रे लिस्टमा परेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद