"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नक्कली प्रमाणपत्र पेश गरी सरकारी जागिर खाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति :  10 April, 2025 5:53 pm


काठमाडौँ – नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरी सरकारी सेवा प्रवेश गरेको अभियोगमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका प्रमुख स्टोर सहायक प्रेमबहादुर रावलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड शाखा कार्यालय कैलालीका प्रमुख स्टोर सहायक पदमा कार्यरत रावलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

रावलले प्रशोधन कम्पनी लिमिटेडमा सेवा प्रवेश गर्दा भारतको माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश बोर्ड अफ हाइस्कुल एन्ड इन्टरमिडिएट एजुकेसनबाट जारी शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरेका थिए । त्यही शैक्षिक प्रमाणपत्रका आधारमा सहायक स्तर (राजपत्र अनंकित चौथो) तहबाट उनी सेवा प्रवेश गरेका थिए । तर, रावलले पेस गरेका शैक्षिक कागजात अनुसन्धानका क्रममा नक्कली भएको पुष्टि भएपछि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा भनिएको छ, ‘झुटा–नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरी जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा स्टोर सहायक तह चौथो पदमा नियुक्ति लिई बढुवा भई प्रमुख स्टोर सहायक तहको सुविधा प्राप्त गरेको देखिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कैद र जरिवाना मागदावी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद