"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नक्कली प्रमाणपत्र पेश गरी सरकारी जागिर खाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति :  10 April, 2025 5:53 pm


काठमाडौँ – नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरी सरकारी सेवा प्रवेश गरेको अभियोगमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका प्रमुख स्टोर सहायक प्रेमबहादुर रावलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड शाखा कार्यालय कैलालीका प्रमुख स्टोर सहायक पदमा कार्यरत रावलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

रावलले प्रशोधन कम्पनी लिमिटेडमा सेवा प्रवेश गर्दा भारतको माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश बोर्ड अफ हाइस्कुल एन्ड इन्टरमिडिएट एजुकेसनबाट जारी शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरेका थिए । त्यही शैक्षिक प्रमाणपत्रका आधारमा सहायक स्तर (राजपत्र अनंकित चौथो) तहबाट उनी सेवा प्रवेश गरेका थिए । तर, रावलले पेस गरेका शैक्षिक कागजात अनुसन्धानका क्रममा नक्कली भएको पुष्टि भएपछि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा भनिएको छ, ‘झुटा–नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरी जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा स्टोर सहायक तह चौथो पदमा नियुक्ति लिई बढुवा भई प्रमुख स्टोर सहायक तहको सुविधा प्राप्त गरेको देखिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कैद र जरिवाना मागदावी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्। देउवाका प्रमुख स्वकीय सचिव भानु

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाका निर्वाचन क्षेत्रहरूका लागि आफ्ना उम्मेदवार टुङ्ग्याएको छ । साेमबार चक्रपथको एक होटलमा बसेको संसदीय बोर्डको

काठमाडौं – सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनमा उम्मेदवार चयनमा समावेशी, सन्तुलित र न्यायपूर्ण ढंगले निर्णय